श्री पद्धतिको धान खेतीमा रमाउँदै मिरिकका कृषक

मिरिकः मिरिक महकुमाको बुङकुलुङ बस्तीका कतिपय कृषकहरूले नयाँ सिस्टम अफ राइस इन्टीस्सफिकेशन (श्री) पद्धतिमा धानको खेती सफलतापूर्वक गरिरहेका छन्।

बुङकुलुङ बस्तीका अधिकांश मानिसहरूले धान खेती गर्ने गर्छन्। बर्षौँदेखि कृषि अधिकारी डाक्टर आरपी सन्यालको परामर्शमा यहाँका कतिपय कृषकहरूले पुरानो पद्धतिमा धानखेती नगरेर श्री पद्धतिमा धानखेती गरेको स्थानीय धान कृषकहरू पवन सुब्बा अनि राजेन सुब्बाले जानकारी गराँउदै यो पद्धतिमा धानखेती राम्रो भएको अनि उत्पादन पनि बेसी भएको बताएका छन्।

बुङकुलुङमा अरूण सुब्बा, पवन सुब्बा आदिले प्रथममा यो पद्धतिमा धानखेती शुरू गरे पनि हाल यहाँका अधिकांश कृषकहरूले यो पद्धतिमा खेती गरिरहेको बुङकुलुङका धान कृषकहरूले जानकारी गराँउदै यो पद्धतिमा बोट राम्रो हुने अनि फसल धेरै लाग्ने गरेको अनि बिरूवाको बचत पनि हुने गरेको बताएका छन्।

कृषकहरूले पुरानो पद्धतिमा ३० किलोग्राम धान लाग्ने ठाँउमा २ किलोग्रामले नै पुग्ने गरेको बताउँदै यो पद्धतिमा पानी पनि लाउनु नपर्ने बताएका छन्। मिरिक खण्ड कृषि सह-निर्देशक विभूती बी. रिजालले श्री पद्धतिमा धानखेती गर्दा कृषकहरूलाई धेरै लाभ हुने गरेको बताउँदै यो पद्धतिमा गुच्छा गुच्छा धानको बिरुवा नरोपेर एक एक वटा रोप्न पर्ने बताए।

तिनले यसमा बिरूवाको बचत साथै कम्ती बारीमा धेरै उत्पादन गर्न सकिने बताउँदै १०×१० को दुरीमा बिरुवा रोप्नु पर्ने बताएका छन्। तिनले यो वैज्ञानिक पद्धतिमा गरिने खेती भएको कारणले कृषकहरूले यसको लाभ उठाउन सक्ने बताए।

यता कृषक पवन सुब्बाले श्री पद्धतिमा धानखेती गर्दा फसल राम्रो भएको अवगत गराँउदै पुरानो पद्धतिमा धेरै परिश्रम गर्न परेपनि नयाँ पद्धतिमा धेरै मेहनत गर्न नपर्ने बताएका छन्। तिनले बुङकुङमा धेरैले हाल धानखेती गरिरहेको अवगत गराँउदै कम्ती बारीमा नयाँ पद्धतिद्वारा धान खेती गरेर यहाँका कृषकहरूले राम्रो आमदानी पनि गरिरहेको बताएका छन्। तिनले बुङकुलुङमा नयाँ पद्धतिमा धान खेती गर्न कृषि बिभाग मिरिकले यहाँका कृषकहरूलाई प्रोत्साहन प्रदान गर्न साथै आवश्यक तालिमहरू पनि प्रदान गरेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन