दार्जीलिङ पहाड़लाई शान्ति बनाइराख्न यहाँ अर्द्धसैनिक बलको आवश्यकता छः ममता

दार्जीलिङः दार्जीलिङ पहाड़बाट अर्द्धसैनिक बल हटाउने केन्द्र सरकारको निर्णयको राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले कठोर विरोध जनाएकी छन्।  पहाड़बाट अर्द्धसैनिक बल सीआरपीएफ तथा एसएसबी नहटाउने माग गर्दै प्रधानमन्त्री र केन्द्रिय गृहमन्त्रीलाई पत्रचार गरेको आज उनले कलकत्ताबाट जानकारी गराइन्।

आज दार्जीलिङ पहाड़ समस्या लिएर राज्यको सचिवालय नवान्नमा भएको द्विपक्षीय वार्तापछि पत्रकारहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री व्यानर्जीले भनिन्-दार्जीलिङ पहाड़का सबै राजनैतिक पार्टीहरुले पहाड़मा शान्ति अनि विकास होस् भन्ने चाहेका छन्। तर एकजना केन्द्रिय मन्त्रीले पहाड़लाई उतप्त बनाउन खोजिरहेका छन्। तर दार्जीलिङ पहाड़लाई शान्ति बनाइराख्न यहाँ अर्द्धसैनिक बलको आवश्यकता छ।

यस विषय लिएर मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसित व्यक्तिगतरूपमा फोनमार्फत कुराकानी गरेको पनि बताइन्। उनले भनिन्-दार्जीलिङ पहाड़बाट कतै भारतीय जनता पार्टी (भाजपा)-ले अर्द्धसैनिक बल हटाउने निर्णय लिएको होइन? यदि राजनैतिकरूपमा केन्द्र सरकारको साटो भाजपाले यस्तो निर्णय लिएको हो भने यसलाई राज्य सरकारले मान्नेछैन।

सङ्घीय गणतान्त्रिक ढाँचामा जुनप्रकारले काम हुनपर्ने हो, केन्द्र सरकारले पश्चिम बङ्गाल राज्यमा यसो गरिरहेको छैन। उनले आजको द्विपक्षीय वार्ता सकारात्मक भएको बताउँदै आगामी 21 नोभेम्बरको दिन अर्को वार्ता दार्जीलिङ जिल्लाअन्तर्गत पिन्टेल भिलेजमा हुने पनि अवगत गराइन्। जहाँ 18 जुलाई 2011-को दिन जीटीएमाथि त्रिपक्षीय सम्झौता भएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन