नवान्नमा विधायक राईले केन्द्र सरकारको उच्चस्तरीय नेगोसिएसन कमिटीबारे कुरा उठाएको दाबी

दार्जीलिङः नवान्नमा आयोजित द्विपक्षीय वार्तामा पहाडकी तीन विधायकहरूलाई देखिएपछि अहिले विभिन्न प्रतिक्रिया आइरहेको छ। यसैको स्पष्टिकरण दिँदै दार्जीलिङका विधायक अमरसिंह राईले आफूहरू राज्य सरकारको तर्फबाट  दार्जीलिङ पहाड़को जन प्रतिनिधिको रूपमा आमन्त्रित गरिएको हुनाले नै पहाड़को निर्वाचित जन-प्रतिनिधिको रूपमा सहभागिता जनाएको बताएका छन्।

वार्तामा दार्जीलिङ पहाड़का तीनैजना विधायकहरू अमरसिंह राई (दार्जीलिङ), डा. रोहित शर्मा (खरसाङ) अनि सरिता राई (कालेबुङ)-ले पनि सहभागिता दिएका थिए।

वार्तामा विधायक राईले दार्जीलिङ पहाड़मा हालमा शान्ति स्थापना हुँदै गइरहेको यद्धपि अहिलेको परिस्थितिमा यो शान्ति स्थायी नहुने सम्भावनाबारे चर्चा गरेका थिए।

विज्ञप्ति जारी गरेर आफूले वार्तामा भनेका कुराहरू सार्वजनिक गरेका छन्। उनको दाबी छ, पहाड़ अहिले स्वाभाविक अनि शान्त बन्दै गइरहेको छ। यो खुशीको कुरा हो। तर सबैको मनमा यो शान्ति एवं स्वाभाविक परिवेश स्थायी हुन नसक्ने डर पनि रहेको छ। हालमा पनि कुनै पनि समय कुनै दुर्घटनाहरू हुन सक्ने सम्भावनाहरू रहेको छ। यसर्थ हामी सबै मिलेर यसको स्थायी समाधान सोच्न आवश्यक रहेको छ। विशेषरूपले हालमा विभिन्न क्षेत्रहरूमा भइरहेको छापामारी एवं प्रशासनिक कार्वाहीहरूले पनि साधारण मानिसहरूको मनमा डर अनि अशान्ति फैलिरहेको उल्लेख गर्दै प्रशासनिक कार्वाहीको क्रममा गाउँका निर्दोष मानिसहरू एवं बूढ़ापाका, विद्यार्थी एवं विरामी मानिसहरूलाई पनि मर्का परिरहेको र उनीहरूमा डर अनि अशान्ति उत्पन्न भइरहेको छ।

वार्तामा राईले यसै विषयमा सबैको ध्यान केन्द्रित गरेको अनि राज्य सरकार एवं जिल्ला प्रशासनले यस विषयमा ध्यान दिन आवश्यक रहेको बताएको विज्ञप्तिमा उल्लेख छ।

गत 11 अक्टोबरको दिन दार्जीलिङ पहाड़को समस्याको स्थायी समाधान गर्न एवं त्रिपक्षीय वार्ता शुरू गर्न केन्द्र सरकारको तर्फबाट उच्चस्तरीय नेगोसिएसन कमिटी गठन गरिने गृहमन्त्री राजनाथ सिंहको बयानमाथि पनि आफूले जोड जिएको अनि यस मुद्दाले सबैको हित गर्ने भएकोले राज्य सरकारले यस विषयतिर पहल गर्नुपर्ने तर्क राखेके दाबी पनि गरेका छन्।

राज्य अनि केन्द्र सरकार मिलेर दार्जीलिङ पहाड़को स्थायी समाधानको दिशामा पहल शुरू गरेको खण्डमा सम्पूर्ण दार्जीलिङ पहाड़ पनि सन्तुष्ट हुने कुरामा उनले जोड दिएको भन्दै  मुख्यमन्त्री ममता व्यानर्जीले केन्द्र सरकारको तर्फबाट यस विषयमा अहिलेसम्म आफूहरूलाई कुनै सन्देश वा पत्र प्राप्त नभएको जनाए पनि राईले विज्ञप्तिमा लेखेका छन्।

केन्द्र सरकारको तर्फबाट उच्चस्तरीय नेगोसिएसन कमिटीबारे गृहमन्त्रालयको तर्फबाट सार्वजनिक गरिएको उक्त बयानको सन्दर्भमा राज्य सरकार अहिलेसम्म पूर्णरूपमा अनभिज्ञ रहेको मुख्यमन्त्रीले बताएको राईले बताएका छन्।

105 दिनको बन्द अवधिमा पक्रा परेका आदोलनकारीहरूको सन्दर्भमा आफूले कुरा उठाएको दाबी गर्दै राईले पक्रा परेका आन्दोलनकारीहरूलाई कुन कुन मुद्दा अनि आरोपमा पक्राउ गरिएको हो, यसबारे आफूहरूलाई केही थाह नभएकोबारे वार्तामा कुरा राखेको बताएका छन्।

‘हामीलाई थाह छैन उनीहरूलाई कुन आधार अनि आरोपमा पक्राऊ गरिएको छ। तर पक्रा पर्नेहरूमध्येमा धेरैजना वुजुर्ग नागरिक (Senior Citizen)- हरू पनि छन्। यसबाहेक कतिपय दुधमुखे शिशुका आमाहरू पनि छन्। यसैले जेलमा रहेकाहरूमध्ये कतिप निर्दोष पनि हुनसक्छन्। उनीहरूको अवस्था अनि परिस्थिति विचार गरेर नरम व्यवहार गर्न आवश्यक छ,’ मैले वार्तामा यसो भनेँ।

विधायक राईको उक्त विषयलाई सुनेपछि राज्य सरकारको तर्फबाट यस विषयमा पहल गरिने आश्वासन प्रदान गरिएको र आरोपीहरूमाथि लागिएको मुद्दालाई आधार गरेर यस विषयमा पहल शुरू गरिने राज्य सरकारको तर्फबाट आश्वासन दिइएको पनि विधायक राईले आफ्नो विज्ञप्तिमा लेखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन