करेन्ट लागेर हातीको मृत्यु

नन्दु पौड्याल

बाग्राकोटः स्थानीय ग्राम पञ्चायत अन्तर्गत सुन्दरी बस्तीस्थित खेती इलाकामा एक जङ्गली दन्ते हातीको मृत्यु भएको छ। आज बिहानको लगभग 6 बजीतिर स्थानीय मानिसहरु जब खेत गए, तब मृत्त हाती देखे। हातीको मृत्यु खेतीक्षेत्र बार्न लगाइएको तारमा सर्वराह भइरहेको करेन्टकोकारण भएको बताइएको छ।

उनीहरूले तारको बार हाती रोक्न लगाएका थिए। एमडी सहीद भन्छन्, ‘हामीले हाती आतङ्कबारे वनविभागलाई धेरैपल्ट जनायौँ, तर विभागले पत्तो नै नदिएकोले यस्तो भेको हो।’  उनी अनुसार विभागले चकलेट बम मात्र प्रदान गरेको थियो।

‘हामी पनि गरीब किसानहरु हौं, सलेनी खाने अन्न यसै खेतबाट उगाउने गर्छौ। भाको नाभो पैसा खर्च गरेर खेती गर्नुपर्छ, त्यो पनि हातीले खाइदिन्छ,’ उनले भने, ‘ विभागले सुरक्षामा बलियो विकल्प ननिकालेकोले यस्तो भएको हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन