गोर्खाल्याण्ड राज्यको निम्ति ठोस पहल गरिनुपर्छ- विद्यार्थी मोर्चा

दार्जीलिङः नवान्नमा भएको बैठकमा  डब्लुबीसीएस परीक्षामा नेपाली भाषालाई वैकल्पिकरूपमा राखिनुपर्छ भन्ने बिषय उठान गरिदिएवापत् पहाड़का तीनै विधायकलगायत गोजमुमो केन्द्रीय कमिटीका मुख्य संयोजक विनय तामाङ, सांगठनिक सचिव अनित थापाप्रति गोर्खा जनमुक्ति  विद्यार्थी मोर्चा नेता एवं नगरपार्षद सागर तामङले आभार व्यक्त गरेका छन्।

डब्लुबीसीएस परीक्षामा नेपाली भाषालाई वैकल्पिक भाषाको रूपमा राखिए नेपाली भाषी गोर्खा परीक्षार्थीहरूलाई धेरै फायदा हुने जनाउँदै भाषा बाँचे जाति बाच्छ, जाति बाचे मुद्दा यसैले भाषाकै बिषयबाट शुरू भएको यो गोर्खाल्याण्डको जन आन्दोलनलाई गणतान्त्रिक एवं वार्ता कै टेबलमा बसेर समाधन हुन्छ भन्ने कुरोमा विध्यार्थी मोर्चा आशावादी रहेको तामाङले बताएका छन्।

अलग राज्यको समस्या केवल राज्य सरकारसंग वार्ता गेरर मात्र सफल नहुने हुनाले   त्रिपक्षीय वार्ता शुरू गर्नुपर्ने नवान्न टोलीको माग सही रहेको ठहर पनि उनले गरेका छन्। केन्द्र सरकारले चाड़ै गोर्खाल्याण्ड राज्यको निम्ति ठोस पहल गरिन पर्ने माग विध्यार्थी मोर्चाको रहेको उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन