पहाडमा बढाइने राज्य बाहिनीः कालेबुङ आएका बङ्गालका डीजीले भने, ‘जो मानिसहरूले बाधा दिँदैछन् उनीहरूलाई चिन्हित गरिसकेका छौँ’

कालेबुङः पश्चिम बङ्गाल राज्यका डाइरेक्टर जेनरल अफ् पुलिस (डीजीपी) सुरोजीत कर पुरोकायस्थ आज कालेबुङ आइपुगे। अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको कारण केही महिनादेखि अस्थिर बनेको दार्जीलिङ पहाडमा कानुन व्यवस्था सुदृढ बनाइराख्ने उद्देश्यले बङ्गालका डीजीपी सुरोजीत कर पुरोकायस्थ पहाड भ्रमणमा आएका हुन्।

गत 13 अक्टोबरका दिन बर्नसवेग चियाबगानमा विमल गुरुङपक्ष अनि पुसिलमाझ भएको झडपमा पुलिस अधिकारी अमिताभ मल्लिकको मृत्यु भएपछि यसै घटनालाई केन्द्र गर्दै डीजीको दार्जीलिङ आगमन भएको हो। दार्जीलिङ पहाडको अवस्थाबारे जानकारी लिन सोमबार डीजी दार्जीलिङ आइपुगेका थिए।

उनी दार्जीलिङ पछि मिरिक हुँदै आज कालेबुङ आइपुगेका हुन्। आज दिउँसो लगभग 12.30 बजीतिर कालेबुङ आइपुगेका डीजीले कालेबुङका पुलिस अधिकारीहरूसित एक बैठक गरी यहाँको स्थितिहरूबारे जानकारी लिए। उनको आजको भ्रमणअवधि एडीजी जावेद समिम, एडीजी सिद्दीनाथ गुप्ता, आईजी मनोज कुमार वर्मा, एसपी अजीत सिंह यादव, आदि शीर्षस्थ अधिकारीहरू साथमा थिए।

उनले थानाडाँडादेखि मेन रोड हुँदै डम्बरचोक परिसरसम्मको स्थलगत निरिक्षण गरे। यस क्रममा उनले पत्रकारहरूसित छोटो कुराकानी गर्दै भने, ‘पहाडको परिस्थिति स्वभाविक हुँदै गइरहेको छ। आम मानिस खुशी छन्। पुलिस र यहाँका मानिसहरू मिलेर सन्दर वातावरण बनाएका छन्। अब पर्यटकहरू पनि आउन थालेका छन्। जो मानिसहरूले बाधा दिँदैछन् उनीहरूलाई चिन्हित गरिसकेका छौँ अनि धेरैलाई पक्राउ पनि गरिएको छ। ’

उनले पहाडमा राज्य प्रशासनको बाहिनी बढाइने बताए। केन्द्र सरकारले हालैमा पहाडबाट 10 कम्पनी अर्द्धसैनिक बल फिर्ता लिएको कारण राज्य सरकार असन्तुष्ट छ। केन्द्रले अर्द्धनैसिक बल फिर्ता लिइसकेको कारण राज्यले पहाडमा आफ्नै राज्य बाहिनी बढाउने तय गरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन