केन्द्र सरकारको दार्जीलिङबाट केन्द्रिय बल फिर्ता गर्ने निर्णयलाई हाइकोर्टले लगायो रोक्का

कलकत्ताः दार्जीलिङबाट केन्द्रिय सुरक्षा बल फिर्ता गर्ने केन्द्रको निर्णयमा कलकत्ता हाईकोर्टले रोक लगाइदिएको छ।

पश्चिम बङ्गालका ममता सरकारले मङ्गलबार हाईकोर्टमा याचिका दर्ता गरेर केन्द्रको निर्णयको विरोध गरेको थियो।

यस मामिलामा  केन्द्र सरकारले 23 अक्टोबर अनि पश्चिम बङ्गाल सरकारले 26 अक्टोबरको दिन हाईकोर्टमा हलफनामा दर्ता गर्नेछ। त्यसपछि हाईकोर्टले 27 अक्टोबरको दिन सुनवाई गर्नेछ।

ममता व्यानर्जीले सोमबार प्रधानमन्त्री नरेद्र मोदी अनि केन्द्रीय गृह मन्त्री राजनाथ सिंहलाई कडा शब्दमा पत्र लेखेकी थिइन्।

उनले दार्जीलिङबाट सुरक्षाबल फिर्ता गर्ने निर्णय नै पिर्ता लिइदिने माग गरेकी थिइन।

‘पहिले दार्जीलिङबाट केन्द्रीय बलोको 10 देखि 15 कम्पनी फिर्ता बोलाउने निर्णय गरेको थियो, मैले राजनाथसिंहसित कुरा गरें किन भने उनी राम्रो मानिस हुन्,’ मुख्यमन्त्री ममता व्यानर्जीले भनिन्, उनले मलाई भनेका छन्, सात कम्पनी फिर्ता बोलाइनेछ। तरै पनि दार्जीलिङलाई रहेको 8 कम्पनी पर्याप्त होइन।’

दार्जीलिङमा मोठ 15 कम्पनी केन्द्रिय बल राखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन