राज्य सरकारले दियो पहाड विकासको 500 करोड़ः क्षतिपूर्तिको लागि राशि दिइएको हो-ममता व्यानर्जी

कलकत्ताः पहाड विकासको लागि राज्य सरकारले 500 करोड रुपियाँ अनुमोदन गरेको छ। यो राशि पहाड विकासका विभिन्न परियोजनाहरूमा खर्च हुनेछ। नवान्न सुत्रले बताएअनुसार पहाडका दलहरूसित बैठकपछि नै राज्य सरकारले पहाडको लागि 500 करोड रुपियाँ अनुमोदन गरेको हो।

‘तीन महिनाको पहाड बन्दको कारण त्यहाँ धेरै हानी नोक्सानी भएको छ, धेरै सरकारी सम्पति नष्ट गरिएको छ,’ मुख्यमन्त्री ममता व्यानर्जीले यसै सन्दर्भमा भनिन्, ‘ती सबै क्षतिहरूको पूर्तिको लागि 500 करोड दिइएको हो।’

उनी अनुसार सडकहरूको मरम्मति र अन्य विकास परियोजनाहरूको लागि यो राशि दिएको हो।

500 करोड खर्च गर्नको लागि गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-ले उपयोगिता प्रमाण पत्र दिन पर्नेछ।

राज्य सरकारले जीटीएको बोर्ड अफ एडमिनिस्ट्रेशन (बीओए) गठन गरेको छ। यसैका चेयरमेन विनय तामाङले दिइएको राशि पहाड विकासको निम्ति खर्च गर्नेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन