पहाड शान्ति केवल गोर्खाल्याण्ड राज्य गठनले हुन्छ, पैसा र पुलिस खनाएर हुँदैन-कालेबुङ विद्यार्थी मोर्चा

कालेबुङः गोर्खा जनमुक्ति विध्यार्थी मोर्चा कालेबुङ जिल्लाका अध्यक्ष तेन्जिङ कुङ्फेल भोटियाले  पहाडमा शान्ति छ कि अशान्ति? मुख्य मन्त्री आफैँ अन्योलमा रहेको बताएका छन्। गनतान्त्रिक ढङ्गमा चलिरहेको आन्दोलनलाई बिथोल्न बङ्गाल सरकारले शान्तिको नाममा जबरजस्ती पुलिस बल अनि सेना उतारेर संत्रास फैलाएको भोटियाको आरोप छ।

‘पुलिस बलहरूले पनि कानुनलाई गोजीमा हालेर केवल टिएमसीको क्याडरहरूको सलाहमा घर भत्काउने, आन्दोलनकारीलाई धरपकड गर्ने, नारीहरूमाथि बर्बर्तापूर्ण लाठीचार्ज गर्ने जस्ता असंवैधानिक र अगनतान्त्रिक कार्यहरू गरिरहेको छ,’ उनले भने, ‘आन्दोलनकारीहरूमाथि अश्रु ग्यास अनि बुलेट प्रहार गरेर 12 जनाको हत्या गऱ्यो, मुख्य मन्त्रीले यसमाथि जाचँको आदेश दिन त परै जावोस् एउटा सम्वेदना धरी जाहेर गरिनन्। यहाँबाट पनि सिद्ध हुन्छ बङ्गाल सरकारको गोर्खाहरू प्रतिको नजर कस्तो छ। बङ्गाल सरकारले पहाडमा आतङ्कको शासन गरेर केन्द्रलाई पहाड रहेको झुटो खबर दिइरहेकी छन्।’

मुख्यमन्त्रीले पहाड शान्त भइसकेको तर गोर्खाहरूको मनमा के छ, त्यो चाहीँ नभनेको भन्दै भोटियाले गोर्खाल्याण्डको जनमतलाई बङ्गाल सरकारले पैसा र पुलिस लगाएर दबाउनु खोज्नु पहाडमा आगो लाउनु सरह रहेको बताएका छन्। उनले तीनपल्ट भएको वार्ता न त शान्तिको न त स्थायी सामाधानको लागि भइरहेको सबै वार्ता टिएमसीको घरेलु वार्ता रहेको बताएका छन्।

‘पहाडमा जब जब मुद्दाको कुरो उठ्छ तब तब बङ्गालले टिएमसी, जाप, र एलएफलाई भाडा दिएर आन्दोलनलाई दिगभ्रमित पार्न लगाँउछ। यस घरि बङ्गालले पहाडमा बिनय तामाङलाई आफ्नो षड्यन्त्रको सिकार बनाएको छ,’ भोटियाले भनेका छन्, ‘उनका पछि लाग्ने सबै भरौटेहरू त्यसै षड्यन्त्रको सिकार भएको छ। यो लामो जानै सक्दैन। जनता बिमलकै प्रतिक्षामा छन्।’

उनले गोर्खाल्याण्डको खुलेआम लिलामी गर्नेहरूलाई आज बङ्गालले दिएको सुरक्षाबीच बसेको अनि जति नै कोशिश गरे पनि बङ्गाल र बिनयले बिमललाई मार्न नसक्ने बताउँदै भोटियाले भने, ‘लाखौं बिमल अब घरघरमै जन्मि सकेका छन्। बिमललाई मार्न अघि बङ्गाल र बिनयले अब डेढ कडोर गोर्खाहरूको सामना गर्नु पर्ने छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन