पुलिसले रोशन गिरीको घर तोडेको आरोपः विमल गुरूङ, रोशन गिरी, आशा गुरूङलगायतका नेताहरूलाई आत्मसमर्पण गर्नुपर्ने न्यायालयको निर्देश

कालेबुङः गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले पुलिसले उनको घर तोडेको आरोप लगाएका छन्। उनले लगाएको आरोप अनुसार पुलिस उनको घऱको खिड्की तोडेर उनको घरभित्र पस्यो।

घरभित्र व्यापक खानतलासी गरेको अनि घेरै मूल्यवान कुराहरू नष्ट गरेको पनि उनले आरोप लगाएका छन्।

यता दार्जीलिङ जिल्ला न्यायाललयले मोर्चा प्रमुख विमल गुरूङ, महासचिव रोशन गिरी, आशा गुरूङ, अमृत योञ्जन, अशोक छेत्री, प्रकाश गुरूङलाई 23 नोभेम्बर न्यायालयमा आत्म समर्पण गर्ने निर्देश दिएको छ।

पुलिसले उनीहरूको सम्पति जफ्त गर्ने प्रक्रिया शुरु भएको जनाएको छ। पुराना मुद्दाहरू लगायत एएसआई अमिताभ मल्लिकको हत्या गरेकोसम्म विमल गुरूङलाई मुद्दा लगाइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन