देवकोटा जयन्तीः विवेकको प्रत्यन्त सार्वजनिकः दिसम्बर महिनासम्ममा देवकोटाको सालिग उत्घाटन गरिनेछः किरण रसाइली

गान्तोकः देवकोटा सालिग निर्माण समिति, सिक्किम र प्रेस क्लब अफ् सिक्किमको संयुक्त आयोजनमा नेपाली साहित्यको महाकवि लक्ष्मी प्रसाद देवकोटाको 108औं जन्म जयन्ती पालन गरियो। प्रेस क्लब अफ् सिक्किमको सभागारमा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा वास्तुकार तथ कलाकार किरण रसाइलीको उपस्थिति थियो। यसैगरि कार्यक्रमको अध्यक्षता नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौडेलले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि रसाइलीले देवकोटाको सालिग निर्माणको प्रक्रियालाई अन्तिम रूप दिएर आगामी दिसम्बर महिनासम्ममा सालिग निर्माण प्रक्रिया पुरा गर्ने बताए। उनले आफ्नो लगानीमा पूर्णकदको सालिक निर्माण गरिदिने बचन दिए। उनले देवकोटाको पाप लाग्छ कविता पाठ गरेर सुनाए।

यसैगरि अध्यक्ष रूद्र पौडेलले आफ्नो सम्बोधनमा देवकोटाको योगदानबारे चर्चा गर्दै उनकै साहित्य पढेऱ माध्यमिक नदिने कोही विद्यार्थी छैनन् उनीहरूले देवकोटालाई सम्मान गर्नैको निम्ति पनि सालिग निर्माण प्रक्रिया पुरा हुनुपर्छ। यसैगरि असम नेपाली साहित्य सम्मेलनका महासचिव रूद्र बराल विशिष्ठ अतिथिको रूपमा कार्यक्रममा उपस्थित थिए।

उनले विभिन्न सुझाउसितै देवकोटाको जन्म जयन्ती तिथी नभएर तारिकको हिसाबमा मनाउने गर्नुपर्ने बताए। यसको निम्ति सबैतिरबाट पहल हुनुपर्ने। बताए। कार्यक्रममा कवि देवकुमार राई दुमी, विणाश्री खरेल, कमल चामलिङ कामराङ्गे, जिवीका खतिवडा अश्रु, दीपा राई, हेमन्त गिरी, भक्ती शर्मा, विवेक शर्माले स्वरचित र देवकोटाको गजल अनि कविता प्रस्तुतु गरेका थिए।

कार्यक्रमा केएन शर्मा, सीएल घिमिरेले सम्बोधन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य प्रेस क्लबका अध्यक्ष जोशेफ लेप्चाले गरेका थिए भने धन्यवाद ज्ञापन साहित्य सचिव विष्णु न्यौपानेले गरेका थिए। कार्यक्रमको सञ्चालन सालिग निर्माण समितिका महासचिव प्रवीण खालिङले गरेका थिए। कार्यक्रममा युवा कवि तथा निबन्धकार विवेक शर्माको पहिलो कृति प्रयत्न निबन्ध र कविताको संगालो लोकार्पण गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन