एनएससीएन (खापलाङ गुट) सित विमलको भेट कहिले नभएको खुलासा

 गान्तोकः नेशनल सोसलिष्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन) खापलाङ गुटसित गोजमुमो प्रमुख विमल गुरुङले भेटगरेको खबर कलकत्ताको अङ्ग्रेजी दैनिकमा छापिएको समाचार पूर्ण रूपमा झुटो रहेको एनएससीएन (के) का उच्च आधिकारीक सूत्रले बताएको छ।
एनएससीएन (के) का आधिकारीक सूत्रले  प्रकाशित खबरलाई बोगस न्यूजको संज्ञा दिएका छन्। उनले विमल गुरुङसित यसपाली त कुरै छैन यस अघि पनि कहिले बैठक नभएको बताएका छन्।
उल्लेखनीय छ उक्त अङ्ग्रेजी दैनिकमा कलकत्ता डेट लाइनमा 21 अक्टुबरको दिन उक्त समाचार प्रकाशित छ, जसमा विमल गुरुङले म्यानमार र नागाल्याण्डमा एनएससूएन (के) सित भेट गरेको आरोप लगाएको छ।
यही समाचार पत्र हो, जसले पाहाड़मा आन्दोलनलाई दबाउन नेटबन्दीको निम्ति प्रत्यक्ष सहयोग पुऱ्याएको थियो। जसले वाट्सएपबाट आन्दोलन सञ्चालित भइरहेको समाचार  18 जुनको दिन प्रकाशित गरेको थियो।
त्यसैले बङ्गाल सरकारलाई नेटबन्दी गराउने दिशामा निर्देशित पनि गरेको थियो। जसको फलस्वरूप बन्दकालभरि पहाड़मा नेटबन्द गरेर जनताको मौलिक अधिकारसमेत समाप्त पारेको थियो।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन