एनजिसीले गर्ने चिन्तन बैठकः निकालिने गोर्खाल्याण्ड पुग्ने बाटो

नयाँ दिल्ली : राष्ट्रीय गोर्खाल्याण्ड समितिले नयाँ दिल्लीस्थित विश्व युवक केन्द्रमा बैठक गर्दै 26 नोभेम्बरको दिन चिन्तन बैठक गर्ने भएको छ। लेफ्टिनेन्ट जनरल (रिटायर्ड)  शक्ति गुरुङ, रिटायर्ड आईएएस त्रिलोकचन्द देवान, प्रोफेसर श्रवण आचार्य, पत्रकार जोएल राई, रिटायर्ड ब्रिगेडियर सीएस थापा, डा. जीएस योञ्जन, सुखमन मोक्तान, आकाश लामा, थमलाल लोहार, उदय कुमाई एवं संयोजक डा. मुनिष तामाङको विशेष उपस्थिति थियो।

सङ्गठनको रणनीति र साङ्गाठानिक विस्तारबारे चर्चा गर्दै उनीहरूले केही अघि भएको दार्जीलिङ, कालेबुङ, सिलगढी एवं गान्तोक भ्रमणबाट पाइएका अनुभूति र सुझावहरू पनि एकार्कामा साझा गरे।

समितिमा सिक्किम हाईकोर्टका वरिष्ठ अधिवक्ता केटी भोटिया, पूर्व डब्ल्युबीसिएस अधिकारी केके लोहार, मेघालय राज्यका पूर्व पुलिस महानिदेशक आईपीएस अनिल प्रधान पनि यसै बैठकबीच सामेल बने।

‘26 नोभेम्बरको दिन दिल्लीमा नै गोर्खा समुदायका विभिन्न वर्गलाई लिएर एउटा चिन्तन बैठक गरिने छ,’ संयोजक मुनिष तामाङले भने, जसमा वकील, पूर्व ब्यूरोक्राट्स, पूर्व सैन्य कर्मी, कलाकार, सोसल एक्टिविस्ट, मीडियापर्सन, शिक्षक, रिसर्च स्कलर्स, छात्र, युवा, महिला, लेखक एवं अन्य क्षेत्रका प्रतिनिधिहरूलाई सामेल गरिनेछ। छुट्टै राज्यसम्म पुग्ने बाटोको खोज र त्यसको निम्ति चाहिने रणनीति तयार पारिनेछ। ’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन