सिक्किमको 14 विधायकको कुनै हालतमा सदस्यता खारेज गर्नुपर्छः जेएसी

 गान्तोक, 29 मार्च।


जोइन्ट एक्शन कमिटी फर डिसक्वालिफिकेशन अफ् 14 एमएलएस (जेएसी) ले सिक्किम उच्च न्यायालयले लाभको पदमा रहेका सत्तारूढ एसडीएफका 14 विधायकलाई लाभको पदबाट हटाएपछि अब चाँडै चुनाउ आयोगले उनीहरू विरूद्ध सदस्यता खारेज गर्ने निर्णय सुनाउने आशा व्यक्त गरेको छ।

जेएसीका अध्यक्ष तथा पूर्व संसाद पहलमान सुब्बाको उपस्थितिमा प्रमुख संयोजक नवीन किरणले हिजो मात्र चुनाउ आयोगबाट 14 जना विधायकको पदको बारेमा छानबीन गरिने प्रक्रिया शुरु भएको बताए। पत्रकारहरूसित कुरकानी गर्दै प्रमुख संयोजक किरणले आगामी अगस्त महिनाभित्रमा यसबारे सम्भवत फसेला आउन सक्ने बताए। उनले भने, दिल्ली उच्च न्यायालयले आम आदमी पार्ट (आप) का 20 जना विधायकहरूलाई पदमा पुनः आसिन रहने आदेश दिएको विषयलाई लिएर सिक्किमा नकरात्मक प्रतिक्रिया भइरहेको हुनाले यसबारे स्पष्टिकरण दिन आवश्यक रहेको छ।

उनले भने, उच्च न्यायालयले एक पक्षको मात्र कुरा नसुनेर दुवै पक्षको कुरा सुन्नु भन्दै यसप्रकारको निर्णय दिएको हो तर सिक्किमको सन्दर्भमा यस्तो हुने छैन् किन भने हामीले पहिले नै दुवै पक्षको कुरा सुनिदिने अनुरोध चुनाउ आयोगलाई गरेर पत्रचार गरिसकेका छौं।

उच्च न्यायालयमा पहलमान सुब्बा र अन्यले राज्य सरकार, चुनाउ आयोग र विधायकहरूको विरूद्ध मामिला दर्ता गरेर लाभको पद हटाउन सफल बनेका थिए। यसैगरि दिल्लीका विधायकहरूले लाभको पदमा रहेर पनि कुनै सहुलियत र लाभ नलिएको तर सिक्किमका विधायकहरूले भने पुरै सहुलियत र लाभ पनि लिइएकोले गर्दा कुनै पनि हालतमा उनीहरूको सदस्यता खारेज हुनुपर्ने प्रमुख संयोजक नवीन किरणले दाबी गरे।

उनले भने, हामीले चुनाउ आयोगलाई विश्वास गरेर सबै दस्तावेज र आवेदन गरेका छौं, यदि त्यसमा पनि कुनै लापरवाही गरिएको खण्डमा चुनाउ आयोगलाई समेत न्यायालयमा तान्न पछि पर्नेछैनौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन