बाहिरियो आरसीबी

  • एजेन्सी।

टुर्नामेण्टको प्रबल दावेदार मानिएको रोयल च्यालेञ्जर्स बेङ्गलोर इण्डियन प्रिमियर लीगको प्लेअफ् -को दौड़बाट बाहिरिएको छ।। शनिबार राइजिङ पुणे सुपरजाइण्टविरुद्ध 61 रनको फराकिलो अन्तरले हार बेहोरेपछि आरसीबी उपाधिको दौड़बाट बाहिरिएको हो। यो सत्रमा पानीमरुवा प्रदर्शन गर्ने कोहली एण्ड कम्पनीले 10 खेलमा 5 अङ्कमात्र बटुलेको छ। केवल दुइ खेल जितेको बेङ्गलोरले सात खेल हारेको छ। सनराइजर्स हैदराबादविरुद्धको एक खेल पानीले रद्द भएपछि 1-1 अङ्क साझा गरेको थियो।
पछिल्लापटकको रनरुअप् आरसीबीले आजको जित्नैपर्ने खेलमा 158 रनको विजयी लक्ष्य पाएको थियो। यद्यपि कोहली एण्ड कम्पनीले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 96 रन मात्र बटुल्न सक्यो। आरसीबीका लागि कप्तान विराट कोहलीले सर्वाधिक 55 रन बनाए। कप्तान कोहलीलाई छोड़ेर बेङ्गलोरका अन्य ब्याट्सम्यानहरूले अत्यन्तै निराशाजनक प्रदर्शन देखाए। उनीहरू एकैजनाले पनि दुइ अङ्क छुन सकेनन्। पुणेका तर्फबाट पाकिस्तानी मूलको दक्षिण अफ्रिकी स्पीनर इमरान ताहिरले तीन तथा न्यूजील्याण्डका लुक फर्ग्युसनले दुइ विकेट लिए। कसिलो बलिङ गर्ने युवा कीवी बलर फर्ग्युसनले 4 ओभरमा केवल 7 रन खर्चिए।
यसभन्दा अघि पहिलो ब्याटिङ गर्दै राइजिङ पुणे सुपरजाइण्टले 3 विकेटको क्षतिमा 157 रन सङ्ग्रह गरेको थियो। पुणेका लागि कप्तान स्टीभ स्मिथले 45, मनोज तिवारीले 44 (नट्आउट) र राहुल त्रिपाठीले 37 रन बनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन