वरुणको निधनलाई लिएर जनगुनासो छ, उच्चस्तरीय जाँच होस्- विधायक

दार्जीलिङः दार्जीलिङका विधायक अमरसिंह राईले गोर्खा जनमुक्ति मोर्चाका एक प्रभावकारी नेता एवं अलग राज्य गोर्खाल्याण्डको कट्टर समर्थक वरूण भूजेलको निधनप्रति गहिरो शोक प्रकट गरेका छन्।

जून महीनामा पक्रा परेका वरूण भूजेल पुलिस कस्टडीमै अस्वस्थ बनेका थिए भने पुलिस कस्टडीमै उनको उपचार चलिरहेको थियो। यही क्रममा हिजो राती कलकत्ताको एउटा र्सिङ होममा उनको निधन भएको हो।

‘पुण्यात्माको आत्मशान्तिको कामना गर्दै शोकाकूल परिवारप्रति हार्दिक सम्वेदना पनि प्रकट गर्न चाहन्छु। यस पीड़ामय घड़ीमा इश्वरले सम्पूर्ण पीड़ित परिवारलाई धैर्य राख्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थना पनि गर्दछु,’ राईले भने, ‘ वरूण भूजेलको निधनलाई लिएर पहाड़को जनतामा अहिले धेरै प्रकारको चर्चा अनि गुनासोहरू सार्वजनिक भइरहेको छ। यसर्थ जनाकांक्षालाई मध्यनजर राखेर उनको निधनसम्बन्धि निष्पक्ष एवं उच्चस्तरीय जाँच यथाशीघ्र शुरू गरियोस् भनी म सरकारसमक्ष अपील पनि गर्न चाहन्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन