वरूणलाई न्याय दिलाउन जीएसएसले कानुनी लडाइँ लड्ने:वरूणको मृत्यु प्राकृतिक होइन हत्या हो-जीएसएसएस

दिल्लीः

वरूण भुजेलको मृत्युप्रति गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति(जीएसएसएस)ले पनि गहिरो शोक व्यक्त गर्दै भुजेलको मृत्यु प्राकृतिक नभएर हत्या रहेको बताएको छ।

‘वरूण भुजेलको मृत्यु प्राकृतिक होइन हत्या हो’-जीएसएसएसले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ममता सरकारद्वारा तडपाई-तडपाई क्रुर हत्या गरिएको छ, जसको हामी घोर विरोध गर्छौँ।’

समितिका संयोजक किरण बिकेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाए अनुसार वरूण भुजेलको निधनले विश्वभरिका गोर्खाहरूलाई शोकाकुल बनाएको छ। भुजेललाई गोर्खाल्याण्डका शहीदको दर्जा दिँदै जीएसएसएसले मृत आत्माशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति संवेदना प्रकट गरेको छ।

जीएसएसले प्रेस विज्ञप्तिमार्फत वरूण मृत्यु सम्बन्धमा न्यायको माग गर्दै कानुनी लडाइँ लड्ने आश्वस्त गराएको छ। यस सम्बन्धमा परिवारपक्षबाट आवश्यकहरू कागजहरू जुटाउने अनि त्यसबारे अधिवक्ताहरूसित पनि कुराकानी भइरहेको विज्ञप्तिमा उल्लेख छ। वरूणको मृत्युपछि जेलबन्दी परेका अन्य आन्दोलनकारीहरूको सुरक्षा सम्बन्धमा पनि उचित जानकारी लिन जीएसएसएसले माथिल्लो तहसम्म जाने वचन दिएको छ। ममता सरकारको दमनकारी नीतिसित लड्नुपर्ने आह्वान गर्दै आज जीएसएसएसद्नवारा आ दिल्लीमा ममता सरकारको विरोध गर्दै स्व. भुजेलको तस्वीरअघि दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली पनि अर्पण गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन