मोबाइल नम्बरलाई आधारसित लिङ्क गर्ने प्रक्रिया भयो सहजः जान्नुहोस् 10 वटा खास् कुरा

नयाँ दिल्ली:

सरकारले बुधबारका दिन मोबाइल नम्बरलाई आधारसित जोड्ने प्रक्रियालाई सहज बनाउन धेरैवटा महत्त्वपूर्वण पाइला चालेको छ। जुन प्रक्रिया घरमै बसेर पूरा गर्न सकिन्छ। दुरसञ्चार मन्त्री मनोज सिंहाले अब मोबाइल नम्बरलाई वानटाइम पासवर्ड (ओटीपी), ऐप वा आईवीआरएस सुविधाद्वारा आधारसित लिङ्क गर्न सकिन्छ। उनले सरकारको यो पहल मानिसहरूको सुविधालाई ध्यानमा राख्दै गरिएको बताए।

यो हो आधारलाई मोबाइलसित जोड्ने नयाँ तरिकाहरू:

  1. मोबाइल नम्बरलाई आधारसित भेरिफाइ गर्ने प्रक्रिया टेलिकम कम्पनिहरूको स्टोरमा गएर गर्न सकिन्छ। यसका साथै सरकारले टेलिकम कम्पनीहरूलाई भनेको छ की विमार अथवा वृद्ध मानिसहरूलाई यो सुविधा घरैमा उपलब्ध गराइनेछ।
  2. सूत्रका अनुसार जुन मोबाइल धारकहरूसित आधार छैन उनीहरूलाई ई-सत्यापनको लागी चाँडै अलग प्रणाली ल्याइनेछ। उदाहरणका निम्ति प्रवासी भारतीयले यो काम पासपोर्टको मार्फतबाट पनि गर्न सक्नेछन्।
  3. मनोज सिन्हाले भने, ‘आधार प्रणाली महत्त्वपूर्ण सरकारी सेवासम्म नै सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्न सकियोस् भन्ने ध्येयले तयार गरिएको छ।’
  4. उपभोक्ताहरूसम्म सरकारी सूचना अनि सेवाहरू सुविधाजनक रूपमा अनि ढिलाइ नगरी पुऱ्याउन सरकारले प्रयास गरिरहेको पनि मनोज सिन्हाले बताएका छन्।
  5. ओटीपी सुविधामा आधार डेटाबेसमा पहलिबाटै दर्ता भएको मोबाइल नम्बरको प्रयोग ग्राहकको अन्य मोबाइल नम्बर पुनर्सत्यापनमा पनि गर्न सकिनेछ।
  6. नयाँ दिशा निर्देश अनुसार दुरसंचार ओपरेटरहरूलाई यो सेवा लिन चाहने ग्राहकहरूका निम्ति अनलाइन प्रक्रिया उपलब्ध गराउनुपर्छ।
  7. सूत्रले भन्यो कि करीब 50 करोड मोबाइल नम्बर पहिलेबाटै आधार डेटाबेसमा रेजिस्टर्ड छ।
  8. यी सबै मामिलामा पुनः सत्यापनको निम्ति ओटीपीको प्रयोग गर्न सकिन्छ।
  9. प्राइवेसीको निमयलाई ध्यानमा राख्दै दुरसञ्चार सेवा प्रदाताहरूलाई यो सुनिशिच्त गर्न भनिएको छ की उपभोक्ताहरूको के ई-वाईसी डाटाको जम्मै जानकारीहरू एजेन्टहरूलाई नदिइयोस्।
  10. सरकारी वयानको अनुसार ग्राहक देशको कुनै पनि स्थानमा आफ्नो नम्बरको सत्यापन या पुनर्सत्यापन गर्नसक्छन्। चाहे उनको मोबाइल कनेक्सन कुनै पनि सेवा क्षेत्रको किन नहोस् ।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया