मीमले पनि छोड्यो विमलको साथ

दार्जीलिङः चुङथुङ मेरीबुङ तामसाङ समष्टिअन्तर्गत मीम चियाबगान शाखा गोजमुमोका सम्पूर्ण भ्रातृ संगठनले पनि आज गोजमुमो अध्यक्ष विमल गुरूङको साथ छोड़ेर विनय तामाङको हात समातेको घोषणा गर्यो। यसै विषय लिएर आज मीम शाखाका गोजमुमो, युवा, नारी, श्रमिक संगठनका पदाधिकारीवर्गले आज गोजमुमोका मुख्य संयोजक विनय तामाङसित पनि भेट गरेका थिए।

विनय तामाङलाई समर्थन जनाउनेहरूमा गोजमुमो शाखा अध्यक्ष सितम बस्नेत, सचिव श्याम दाहाल, युवा मोर्चा अध्यक्ष संयोग राई, श्रमिक संगठन अध्यक्ष जगत गुरूङ, सचिव रमेश छेत्रीलगायत अन्य रहेको गोजमुमो नेता सावन राईले जानकारी गराए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन