बिलाए बरूणः गोर्खाल्याण्डको नारासितै सैयौँले दिए श्रद्धाञ्जलीः पार्टी कार्यालयमा फेरि फहरायो विमल अङ्कित झण्डाः विनय तामङ र अनीत थापाविरूद्ध व्यापक नाराबाजी

कालेबुङः गोर्खाल्याण्डको नाराबाजीसितै आज नगरपारषद् वरूण भुजेलको अन्तिम संस्कार गरियो। अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा जेल परेका वरूण भुजेलको मृत्यु पुलिस कस्टडी अवधि नै भएको कारण आज दिंवगत भुजेललाई श्रद्धाञ्जली अर्पण गर्न सैयौँ मानिसहरू सडकमा निस्किएका थिए।

इस्टमेन रोडबाट दिउँसो 11 बजीतिर उनको शव निकालिएको थियो। करीब 2 हजार मानिसहरूको ताँतीसितै निकालिएको शवलाई इष्टमेनरोडबाट सोझै मोर्चाको पार्टी कार्यालयमा ल्याइएको थियो। यस क्रममा मानिसहरूले वरूणलाई श्रद्दाञ्जली दिँदै खदा-माला मात्र अर्पण गरेनन् तर गोर्खाल्याण्डको पक्षमा अनि पश्चिम बङ्गाल सरकार, जीटीए चियरमेन विनय तामङ र अनीत थापाविरूद्ध पनि व्यापक रूपमा नाराबाजी गरे। मानिसहरूको आक्रोश यहीँसम्म थामिएन। केही दिनअघि विनय तामाङपन्थी सरमर्थकहरूले पार्टी कार्यालयबाट विमल गुरुङ अङ्कित झण्डा हटाएका थिए।

तर आज पुनः विमलपन्थी समर्थकहरूले मोर्चाको सादा झण्डालाई निकालेर फेरि विमल गुरुङ अङ्कित झण्डा नै फहराए। 42 वर्षीय नगरपार्षद् वरूण भुजेल गोजमुमोका एकजना सक्रिय कार्यकर्ता थिए। गोजमुमोबाट नै आफ्नो राजनैतिक यात्रा शुरू गरेका वरूण इष्टमेन रोड क्षेत्रमा मोर्चाका संस्थापक सदस्य थिए।

16 नम्बर वार्डबाट मोर्चाकै टिकटमा दुईपल्टसम्म नगरपारषद् चुनिएका वरूण भुजेल गोर्खाल्याण्ड आन्दोलनको क्रममा 16 जुनका दिन पक्राउ परेका थिए। त्यसपछि पुलिस कस्टडीमै ढेढ महिना लामो समयदेखि विरामी रहेका भुजेलले अन्ततः कलकत्ताको पीजी अस्तपालमा जीवन र मृत्युसित लड्दालड्दै जीवनसित हारे।

वरूणको शव करीब एक घण्टासम्म आज पार्टी कार्यालयमा राखिएको थियो। जहाँका मोर्चाका नेता, कार्यकर्ताहरूले खदा-माला अर्पण गर्दै श्रद्धाञ्जली चढाए। श्रद्दाञ्जली दिनेहरूमा मोर्चा नेता कर्णल रमेश आले, विधायिका सरिता राई, विजय सुन्दास, कल्याण देवान, गोपाल रूचाल, नराध्यक्ष शुभ प्रधान, पार्षद्-पार्षदिकाहरू आदिले प्रमुख दिए।

यसपछि वरूणको शवलाई शहर परक्रमा गराइयो। पार्टी कार्यालयमा डीबी गिरी रोड 10 माईल फाटक हुँदै शहर परिक्रमा गराइएपछि नगरपालिका कार्यालयमा पनि केहीक्षण राखेर श्रद्धाञ्जली दिइएको थियो। यसैबीच वरूण पत्नी सविता भुजेल, विधायिका सरिता राईद्वारा वरूणको न्याको माग गर्दै कालेबुङ जिल्ला पुलिस अधिक्षक अजीत सिंह यादवलाई चारबुँदे ज्ञापन-पत्र पनि सुम्पिएको छ।

वरूणको शवलाई श्रद्धाञ्जली दिँदै शहर परिक्रमा गराएपछि ख्रीष्टिय धर्म परम्परा अनुसार इस्टमेन रोड क्रुस डाँडामा आज उनको संस्कार गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन