रिम्बिक लोधोमा समष्टि बिमलकै खेमामाः ए र बी होइन जनता गोर्खाल्यान्डको पक्षमा : काम्बाङ

सञ्जय निरौला / रिम्बिक: गोर्खा जनमुक्ति मोर्चा रिम्बिक लोधोमा समष्टि ए र बी टीमको पछाडी होइन गोर्खाल्यान्डमा अडिक रहने अनि बिमल गुरुङकै पक्षमा रहेको भन्दै कुनै हालतमा मुद्दालाई नछाड्ने युवा मोर्चा केन्द्रिय समिति सदस्य तथा रिम्बिक लोधोमा समन्वय समितिका सदस्य नगेन्द्र काम्बाङले बताएका छन।

‘समस्त जनता गोर्खाल्यान्ड तथा अध्यक्षकै पक्षमा छन्। उनीहरूले बिमल गुरुङको प्रतीक्षा गरिरहेका छन्। केही अवसरवादी तथा कायरहरू मात्रै विनय खेमा गएका हुन्,’ काम्बाङले भने, ‘सम्पूर्ण गोर्खा नै आन्दोलनमा होमिएको बेला केही अवसरवादी नेताहरूले जनताको ध्यान हटाउने कोशिश गरिरहेका छन्।’

उनले कायर भएर आन्दोलन फत्ते नहुने बताउदै आफुहरु आन्दोलनमा होमिएको तथा बिमल गुरुङको बिरोध गर्दै गरिएको सभा गोजमुमोको नरहेको बताएका छन्। ‘मुद्दालाई डरसँग सम्झौता गर्न मिल्दैन। सरकार बिरुद्ध विज्ञप्ती दिने बित्तिकै प्रशासनको चाप र अत्याचार बढ्न थाल्छ। गणतन्त्रको गला रेटिएको छ,’ उनले थपे, ‘बोल्ने स्वतन्त्रता गोर्खालाई छैन। बरुण भुजेल जस्तो गोर्खाल्यान्डका साचो सिपाहीले यातनाकै कारण प्राण गएका हुन्।’

बिमल गुरुङ तथा गोर्खाल्यान्डको साचो नेताहरुको साथमा नै आन्दोलनलाई निष्कर्षमा पुऱ्याउने बताउँदै उनले आफुहरु खुल्ला रूपमा बिमलको साथमा रहेको जनाए। ‘समस्त गोर्खा बिमलको पक्षमा छन्। रिम्बिक लोधोमा समष्टिका कतिपय कार्यकर्ता बिनाजनता नै विनय गुटमा सामेल भएका हुन्,’ उनले थपे, ‘मुखमा राम राम बगालिमा छुरा हुनेहरुसँग सतर्क हुनुपर्छ। बङ्गालको दमन तथा कुटनैतिकसँग डराउनु हुँदैन। यो गुट त्यो गुट भन्नुको सट्टा समस्त पहाडे जनताले गोर्खाल्यान्डको मुद्दालाई ध्यान दिनुपर्छ।’

युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङबारे बोल्दै उनलाई राज्यले षडयन्त्र गरेकोले नै भूमिगत हुनुपरेको बताए। ‘विनय गुटले कुन आधारमा युवामोर्चा अध्यक्षलाई हटाएका हुन्?,’  उनले भने,  ‘गोर्खाल्याण्ड माग्ने साँचो व्यक्तिहरु चाँही दुःख र षड्यन्त्रको सिकार भइरहेका छन्। यो अत्यन्तै दु:खद घटना हो। हाम्रैहरुले सहयोग गर्नुको साटो चौकीको पछि लाग्नु अझ  दुःखको कुरो हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन