दुई दिवसीय प्रशिक्षण समाप्त

रीम परिचित/ कालेबुङः हिल सोसियल वेलफेयर सोसाइटी कालेबुङ्को आयोजनामा बाल सुरक्षा, बाल अधिकार, पोक्सो, आईपीसी धारा बिषय एक परशिक्षण सम्पन्न भयो। उक्त दुई दिवसीय प्रशिक्षण पेशोक चियाबारीको डाकबङ्गलो एनएफई केन्द्रमा सम्पन्न भएको थियो।

प्रशिक्ष्णको अवधी सोसाइटीका सचिव शोभा छेत्रीको पनि उपस्थिति थियो भने छेत्रीले सबै प्रशिक्षार्थीलाई बधाई दिए।

२०१० देखि पेशोक अनि लप्चु चियाबारी क्षेत्रमा हिल सोसियल वेलफेयर सोसाइटीले बाल-बालिका अनि महिलाहरूमाथि कार्य गर्दै आइरहेको छ। दुवै क्षेत्रका दुई-दुई वटा गाउँ लिएर नन्फर्मल एडुकेशन सेन्टरको शुरुआत गरिएको छ।

यही केन्द्रका सञ्चालकहरुलाई बालबालिकाहरुको अधिकार, शिक्षाको अधिकार, युएनसीआरसी, पोक्सो कानुन, आईपीसी धारा आदिबारे अनुज्ञालय दार्जीलिङका बाल सुरक्षा अधिकारी तेज कुमार थापाले प्रशिक्षण दिए।
दुई दिवसीय प्रशिक्षण कार्यक्रमको अन्तिम दिन सहभागी सबैले आफ्नो क्षेत्रमा कुनै यस्ता अप्रिय घट्ना घट्न गए सहयोगको निम्ति अग्रसर रहेन प्रतिवद्धता जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन