नेहरु युवा केन्द्रको आयोजनामा एक दिवसीय अन्तरक्रियात्मक युथ पार्लियामेन्ट कार्यक्रम

सञ्जय निरौला/ बिजनबारीः नेहरु युवा केन्द्र  युवा तथा खेलकुद मन्त्रालय भारत सरकार तथा लामा गाउँ वेलफर एसोसिएसनको आयोजनामा हिजो खण्ड स्तरिय युवा पार्लियामेन्टको आयोजना गरियो।

कार्यक्रममा निङ्चोल तामाङ अधिकारी (ब्याकवर्ड क्लास वेलफेर विभाग पुलबजार बिजनबारी ब्लक) मुख्यअतिथिको रूपमा उपस्थित थिइन भने भाष्कर अग्रवाल (सहशिक्षक विद्यासागर उच्चतर विद्यालय बिजनबारी) विशेष अथितिको रूपमा उपस्तिथि थिए। विषय विशेषज्ञकोरूपमा विशेष सुब्बा (डाइरेक्टर माउन्ट कार्मोन एकाडेमी लामागाउँ) उपस्थित थिए भने कार्यक्रममा स्थानीय गाउँलेहरु लोक प्रकल्प बिभागका सदस्यहरु, लामागाउँ माध्यामिक शिक्षा केन्द्रका विद्यार्थीहरु लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा युवावर्गहरुले आफ्नो तर्फबाट देशको निम्ति के कस्ता योगदान दिनसक्छन् भन्नेमा जोड दिइएको थियो।

समाजमा छोरा र छोरीको बीचमा कुनै प्रकारको भिन्नता नभएको, छोरी शिक्षित भए घर, समस्त गाउँ समाज तथा देश नै शिक्षामा अघि बढ्ने भन्दै प्रमुख अतिथिले बेटी बढाउ बेटी पढाउ भन्ने प्रसङ्ग झिके।

स्वस्छता आजको माग रहेको तर फोहोर मैलाले बिस्तारै गाउँ समाजलाई ढाकिरहेको भन्दै केवल एक दिन प्ला कार्ड बोकेर वा एकपटक मैला उठाउँदै हिँड्दैमा सफा नहुने पनि बताए। यसलाई जीवनशैली बनाउन जरुरी रहेको भन्दै स्वच्छता शब्द फराकिलो भएको भए पनि यसको शुरुआत सानो रूपमा गर्ने सुझाव दिए। डस्ट्बिनको प्रयोग गरेर समाजमा पुर्णतः प्लास्टिकका झोलाहरुको प्रयोगमा प्रतिबन्ध लगाउन अनिवार्य रहेको तथा प्रधानमन्त्रीको स्वस्छताको सपना सबैले मिलेर पुरा गर्नुपर्ने भारत मिशनबारे विशेष लिम्बुले बताए।

युवावर्गहरुको समाजमा के कस्तो भूमिका छ तथा कस्तो हुनपर्ने युथ पार्लियामेन्टबारेमा अथिति भाष्कर अग्रवालले बोलेका थिए।

लामागाउँ वेलफर सोसाइटी बिजनबारी खण्डकै एक नामी सामाजिक संस्था हो, जसको आयोजनामा विभिन्न प्रकारका चेतनामुलक तथा विभिन्न खेलकुदका कार्यक्रमहरु भइसकेको छ।  संस्थाका सचिव शरद लिम्बुद्वारा सञ्चालित कार्यक्रममा संस्थाका सभापति सन्दीप लिम्बू लगायत सम्पूर्ण सदस्यहरुको उपस्थित थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन