शिव थापा र मनोज राष्ट्रीय बक्सिङ च्याम्पियनसिपको फाइनलमा

विशाखापटम:

शिव थापा र मनोज कुमार राष्ट्रीय बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगेका छन्। एसियाई च्याम्पियनसिपमा लगातार तीनपल्ट विजेता रहिसकेका शिव थापाले विश्व च्याम्पियनसिपमा कास्य पदक जितिसकेका छन्। उनले 60 किलोग्राम वर्गको सेमिफाइनलमा दिल्लीको वन्टी सिंहलाई 5-0ले हराएर एकतर्फी जीत हासिल गरे। फाइनलमा उनको  भीडन्त सर्विसेज स्पोर्ट्स कन्ट्रोल बोर्ड(एसएससीबी) का मनिष कौशिकसित हुनेछ। कौशिकले पन्जाबको पलविन्दर सिंहलाई 5-0 ले हराएर फाइनलमा आफ्नो जगा बनाएका हुन्।

राष्टमण्डल खेलअघि स्वर्ण पदकधारी मनोजले 69 किलोग्राम वर्गमा पन्जाबको शुभमलाई पराजित गरे। फाइनलमा उनी एसएससीबीका दुर्योधन सिंहसित भिड्नेछन्। दुर्योधनले सेमीफाइनलमा मध्यप्रदेशका मनीष यूकीलाई हराएका थिए। किंग्स कपको तीनपल्ट स्वर्ण पदकधारी र रेलवे स्पोर्ट्स प्रमोशन बोर्ड (आरएसपीबी) को प्रतिनिधित्व गर्ने श्याम कुमार(49 किलोग्राम) ले लगातार दोस्रोपल्ट फाइनलमा जगा सुनिश्चित गरेका हुन्। उनले चण्डिगढको विपिन कुमारलाई 5-0 ले हराए।

पछिल्लोपल्ट उपविजेता रहेका श्यामलाई यसपल्ट विजेता बन्नका निम्ति मिजोरामको लालबिएक्किमालाई हराउन पर्नेछ। यस टुर्नामेन्टमा पहिलोपल्ट भाग लिइरहेका ऱाष्ट्रमण्डल खेलका रजत पदक विजेता मनदीप जांगड(75 किलोग्राम)ले दिल्लीको पराग चौहानालई हराएर फाइनलमा ठाउँ बनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया