आठौँ पास उम्मेद्वारहरूका लागि कोलकाता पुलिसले निकाल्यो भेकेन्सी, गर्नुहोस् आवेदन

कलकत्ताः

आठौँ पास उम्मेदवारहरूका लागि कोलकाता पुसिसले नोकरीको अवसर दिएको छ। पुलिस भर्ती बोर्ड(पश्चिम बङ्गाल) ले आवेदन आमन्त्रित गरेको छ। यसका निम्ति उनीहरूको तर्फबाट नोटिफिकेसन पनि जारी गरिएको छ। यी पदहरूका निम्ति आवेदन गर्ने इच्छुक उम्मेदवारहरूले नोटिफिकेसन हेरेर आफ्नो आवेदन गर्न सक्नेछन्। यसमा उम्मेदवारको निम्ति सम्पूर्ण जानकारी उपलब्ध छ। नोटिफिकेसनलाई ठिक तरिकाले पढेर उम्मेदवारले आवेदन पूरा गर्न सक्नेछन्। कलकत्ता पुलिसको तर्फबाट नागरिक स्वयंसेवक पदको आवेदन मागिएको छ।

कुल पदको सङ्ख्या: कोलकाता पुलिसको तर्फबाट मागिएको आवेदनको कूल पदको सङ्ख्या 1100 छ।

आवेदनकतो अन्तिम तिथि: यी पदहरूमा आवेदन 25 अक्टोबरदेखि शुरू भइसकेको छ अनि अन्तिम तिथि 6 नोभेम्बर रहेको छ।

आयु सीमा: आवेदन गर्ने उम्मेदवारको न्यूनतम आयु 20 वर्ष अनि अधिकतम आयु 60 वर्षसम्म हुन पर्नेछ।
आवेदन शुल्क: यी पदहरूमा आवेदन गर्न कुनै पनि शुल्क तिर्नपर्ने छैन।

यसरी गर्नुहोस् आवेदनः आवेदन गर्ने इच्छुक उम्मेदवारले सबैभन्दा पहिले कोलकाता पुलिसको आधिकारिक वेबसाइट www.kolkatapolice.gov.in मा गएर नोटिफिकेसन ध्यानसित पढ्नुहोस्। यसपछि एप्लिकेसन फर्मलाई डाउनलोड गर्ने अपसन देखिन्छ। एप्लिकेसन फर्म भरेर सबै आवश्यक कागजपत्रहरू संलग्न गरी नोटिफिकेसनमा दिइएको ठेगानामा पठाउनुहोस्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया