केन्द्र सरकारले वार्ताको प्रक्रिया अघि नबढाएको दावी: विमल गुरुङले जनताको भावनासित खेलिरहेका छन्-विनय तामाङ

दार्जीलिङः
‘गोर्खाल्याण्डको निम्ति होइन तर जेल जाने डरले विमल गुरूङ सिक्किमको भीआईपी गेस्ट हाउसमा लुकिरहेका छन्। गोर्खाल्याण्डको निम्ति होइन तर आफ्नो सुरक्षाको निम्ति उनले गोर्खाल्याण्डप्रेमी जनताको भावनासित खेलिरहेका छन्।’ गोजमुमो केन्द्रिय समितिका संयोजकको नाममा एउटा प्रेस विज्ञप्ति जारी गर्दै विनय तामङले उपरोक्त आरोप लगाएका हुन्।

विमल गुरुङ 30 अक्टोबरका दिन जनतासामु नआउने घोषणालाई केन्द्र गर्दै विनय तामाङले अहिले विमल गुरुङविरूद्ध टिप्पणी गरिरहेका छन्। आज फेरि विनय तामङले विमल गुरुङमाथि टिप्पणी गर्दै केन्द्र सरकारले वार्ताको कुनै प्रक्रिया अघि नबढाएको बताए।
एउटा अङ्ग्रेजी समाचार-पत्रमा केन्द्रले वार्ता बोलाउने अपुष्ट खबर प्रकाशित गरेको थियो।

त्यही समाचारलाई आधार बनाएर त्रिपक्षीय वार्ता हुने बताउँदै रोशन गिरीमार्फत विमल गुरुङले 30 अक्टोबरको दिन आफू  ननिस्किने घोषणा गरेका थिए। यो केवल गुरुङको जनतासामु नआउने बाहना मात्र रहेको तामाङ बताए।
‘वास्तवमा केन्द्र सरकारले यस्तो कुनै प्रक्रिया शुरू गरेकै छैन।

रोशन गिरीले उक्त अङ्ग्रेजी समाचार पत्र पढ़ेर उनलाई लुकाउन जनतासामु झूट बोल्न लगाएका हुन्’-विनय तामाङले भनेका छन्, ‘पहिला पनि दुई साताभित्रमै त्रिपक्षीय वार्ता गराइने आश्वासनको भरमा विमल गुरूङले 105 दिनको बन्द बिना परिणाम खोलेका हुन्। तर त्रिपक्षीय वार्ताको निम्ति केन्द्र सरकारले राज्य सरकारसित कुनै कुरा नगरेको मुख्यमन्त्री ममता व्यानर्जीले गत केही साताअघि नवान्नमा भएको वार्तामा नै स्पष्टरूपले बताइसकेकी छिन्।’
बन्द खोलिएको आज महीनादिन नाघिसक्दा पनि केन्द्र सरकारले त्रिपक्षीय वार्ताको कुनै पहल नगरेको कुरा विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमार्फत तामङले विमल गुरुङ जङ्गलमा होइन तर सिक्किमको गेस्ट हाउसमा रहेको दावी गरेका छन्।
‘जनतालाई आफू जङ्गलमा छु भनेर सिक्किमको भीआइपी गेस्ट हाउसमा आराम फर्माइरहेका छन्।

उनको आह्वानमा गोर्खाल्याण्डको निम्ति अहिलेसम्म 13 जना शहीद बने तर कुनै शहीदलाई श्रद्धाञ्जलि चड़ाउनसमेत उनी निस्किएका छैनन्’-विनयले भनेका छन्, ‘यसले पनि उनी कतिको साहसी छन् भन्ने स्पष्ट हुन्छ।’
विज्ञप्तिमा अझ जनाइए अनुसार गोर्खाल्याण्डको निम्ति रहेको जनसमर्थन अनि जनताको समर्पणलाई विमल गुरुङले कहिल्यै सही मार्गमा लगाएनन्। गोर्खाल्याण्ड आन्दोलनलाई उनले कहिल्यै सही नेतृत्व दिन नसकेको कुरा विनय तामाङको आरोप छ।
‘गणतान्त्रिक आन्दोलनको नाममा विमल गुरुङले सोझा-सीधा जनतालाई खुकुरी जुलुसमा सड़कमा हिँड़ाए, सरकारी कार्यालय, वाहन अनि भवनहरूमा आगो झोस्न लगाए, सीआरपीएफ अनि पुलिसमाथि ढुँगा-मुड़ा बर्साउन लगाए।

युवाहरूलाई जङ्गल पसाएर हतियार समात्न लगाए अनि ड्यूटीमा रहेको सरकारी अफिसरमाथि गोली हान्न लगाए’-विमल गुरुङलाई अगतान्त्रिक देखाउँदै विनयले अझ भनेका छन्, ‘विमल गुरूङको यही मूर्खतापूर्ण एव अगणतान्त्रिक नेतृत्वको कारण 13 जना शहीद बन्नुपऱ्यो, धेरैजना जेलमा यातना भोगिरहेका छन्। ’
आफ्नो कारणले गर्दा आज कानूनको घेराबाट उम्किन नसक्ने देखेपछि उनले जनतालाई गोर्खाल्याण्डको नाममा उक्साएर आफू बाँच्ने उपाय खोजिरहेको आरोप लगाउँदै विनय तामङले अझ भनेका छन्, ‘हामी गोर्खाल्याण्डको विरोधमा छैनौँ, तर विमल गुरूङले गरिरहेको आन्दोलनको विरोधमा छौँ।
विमल गुरुङभन्दा धेर आन्दोलनमा आफू खटेको दावी गर्ने विनय तमाङले विमल गुरुङले केवल जनता मार्ने काम मात्र गरेको बताए। विमल गुरुङसित तुलना गर्दै उनले आफू जेल गएको, अनशन बसेको, पुलिसको लाठी खाएको, धेरै मुद्दाहरू लागेको अनि जनतालई दुःख नदिइ कसरी आन्दोलनलाई अघि लान सकिन्छ भन्नेकुरा आफूलाई धेर अनुभव रहेको पनि तामाङको दावी छ।
‘तर विमल गुरूङ अहिलेसम्म एकपल्ट पनि जेल गएका छैनन्, एकै दिन पनि अनशन बसेका छैनन्’ विनयले भनेका छन्, ‘यसर्थ गोर्खाल्याण्डको आन्दोलनको रूपरेखा कस्तो हुनुपर्ने हो, कसरी जनतालाई दुःख नदिई आन्दोलनलाई सही दिशामा लानु सकिन्छ भन्ने कुरा मैले अनुभव गरेको छु।’
उनले अबको आन्दोलन विमल गुरुङको मूढ़ेबलले होइन तर बुद्धिजीवीहरूको बुद्धि अनि गणतान्त्रिक शक्तिले गर्नुपर्छ भन्दै बुद्धिजीवीहरूसित हातेमलो गरेर गोर्खाल्याण्ड आन्दोलन गर्न प्रतिवद्धता पनि व्यक्त गर्दै बुद्धिजीवीहरूलाई साथ दिन अपील गरेका

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन