5 नोभेम्बर बैठकः  80 प्रतिशत नेतृत्ववर्ग हामीसितै छन्-युमो

दार्जीलिङः गोर्खा जनमुक्ति युवा मोर्चाले आगामी 5 नोभेम्बरको दिन एक बैठक गरेर युवा मोर्चा दार्जीलिङ महकुमा समितिको गठन गर्ने भएको छ। यसका साथै युवा मोर्चाले संगठनलाई अझै दह्रिलो बनाउने विषयमा पनि चर्चा-परिचर्चा गर्ने योजना बनाएको आज युवा मोर्चा प्रवक्ता अरूण छेत्रीले बताए।

यसैबीच, उनले गत केही दिनअघि युवा मोर्चाका केही नेतृत्ववर्ग क्रमैले अनिल लोप्चन, सिद्धान्त राई आदिले युवा मोर्चाको नवगठित केन्द्रिय समितिको विरोध गर्दै आफ्नो अनुपस्थितिमानै आफ्नो नाम उक्त कमिटीमा हालेको बताएका थिए।

छेत्रीले भने-यो गल्ती भएको हो, यसलाई हामी स्वीकार गर्छौं, तरै पनि युवा मोर्चाको 80 प्रतिशत नेतृत्ववर्ग हामीसितै छन्। उनले युवा मोर्चाको नवगठित कमिटीमा युवा मोर्चाको पुरानो कमिटीका 8 जना नेतृत्व मात्रै सामेल नरहेको पनि बताए, जसमा प्रकाश गुरूङ, अनिल लोप्चन, सिद्धान्त राई, संजीब लामालगायत अन्य छन्।

यसैबीच, आज गोजमुमो तकदाह-टिस्टाभेल्ली समष्टिका सम्पूर्ण जनताले विमल गुरूङको साथ छोड़ेर विनय तामाङलाई समर्थन जनाएको घोषणा गरे। जसमध्ये सुदीप कार्की र ढेन्डुप तामाङलाई तदर्थ समष्टि कमिटीको संयोजक बनाइएको छ। यसैको जानकारी गराउँदै सुदीप कार्कीले भने-तकदाह-टिस्टाभेल्ली समष्टिमा 6 वटा चियाबगान छन्। तर यसपालीको आन्दोलनमा चियाश्रमिकहरूले धेरै गुमाएका छन्, यसबारे पनि जीटीएले उचित पहल गर्नुपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन