पुल-बिजनबारी गोजमुमो समष्टि कमिटीको गठन

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ महकुमाभरिनै पार्टी विस्तारसँगै समष्टि कमिटीहरूको गठनमा तीव्रता दिइरहेको छ। यसै क्रममा आज गोजमुमोका मुख्य संयोजक विनय तामाङ र गोजमुमो दार्जीलिङ महकुमा समितिका संयोजक सतीश पोख्रेलको विशेष उपस्थितिमा पुल-बिजनबारी गोजमुमो समष्टि कमिटीको एक सभा भयो अनि समष्टि कमिटीको गठन गरियो।

जसको अध्यक्ष सिरीमान राई, महासचिव दिपक तामाङलाई बनाइएको छ भने यसमा 33 जना सदस्य सामेल गरिएको छ। यद्यपि, आगामी 1 नोभेम्बरको दिन बिजनबारीमानै एक सभाको आयोजना गरेर समष्टि कमिटीलाई पूर्ण रूप प्रदान गरिने भएको सतीश पोख्रेलले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन