जिएसएसएसले जन्तरमन्तरमा नै जारी राख्ने धर्ना र अनशन

नयाँ दिल्लीः राष्ट्रीय हरित अधिकरण (एनजीटी) ले जन्तरमन्तरमा हुने प्रदर्शन रोक्न दिल्ली सरकारलाई निर्देश दिएको थियो।  न्यायमूर्ति आरएस राठौरको अध्यक्षतामा रहेको एक पीठले नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी) लाई कनाट प्लेसनजिक रहेको जन्तरमन्तरमा रहेको स्थायी-अस्थायी प्रदर्शन पालहरू हटाउने निर्देश दिएको थियो।

यसको वैकल्पिक स्थलकोरूपमा रामलीला चुनिएको थियो। एनजीटी अनुसार यहाँ हुने विरोध ध्वनि प्रदूषण हुन्छ। एनजीटीकै निर्देशलाई पालन गर्दै पुलिसले जन्तरमन्तरस्थित प्रदर्शनकारीहरूलाई हटाएको छ।

जन्तरमन्तरमा गोरखाल्याण्ड संयुक्त सङ्घर्ष समितिले 141 दिनदेखि गोर्खाल्याण्डको निम्ति धर्ना अनि 111 दिनदेखि क्रमिक अनशन गरिरहेको थियो। जिएसएसएका प्रतिनिधिहरू विहान प्रदर्शनस्थल पुग्दा त्यहाँका धर्ना प्रदर्शनकारीहरूलाई निकालिसकेको थियो। यद्धपि कति प्रदर्शनकारीहरूले प्रदर्शन जारी राख्दा लट्ठी चार्जसमेत भएको थियो।

‘जन्तरमन्तरबाट जिएसएसएको धर्ना र क्रमिक अनशन टुट्दा धेरै निराश बन्न सक्छन्, तर हामी कसैलाई निराश नबनिदिने अपिल गर्छौ,’ जिएसएसएसका अध्यक्ष किरण बिकेले खबरम्यागजिनसित भने,  ‘हामीले प्रदर्शनलाई जन्तरमन्तरभित्र नै जारी राखेका छौँ, टिकट काटेर जन्तरमन्तरभित्र नै हाम्रो धर्ना जारी रहनेछ, कोही पनि धर्नामा आउँदा टिकट काटेर पसिदिनुहोला।’

उनले, जबसम्म छुट्टै राज्य प्राप्त हुँदैन तबसम्म दिल्लीमा गोर्खाल्याण्डको मसाल कायम गर्ने बताए। ‘धर्ना गर्न नपाउँदैमा हाम्रो आन्दोलन सकिँदैन,’ उनले भने, ‘जन्तरमन्तरमा प्रदर्शन गर्न नदिएपछि रेडलाइटमा अनशन गरेका थियौँ, दुइघन्टापछि पुलिसले उठायो। त्यसपछि जन्तरमन्तरमा नै टिकट काटेर अनशन गऱ्यौं, जो जारी रहनेछ।’

24 को संसद मार्च

किरण बिकेले 24 नोभेम्बरमा हुने संसद मार्च केवल जिएसएसएसको कार्यक्रम मात्र नरहेको अनि यो मार्च समग्र गोर्खाहरूको रहेको बताउँदै भने, ‘देशभरिका गोर्खाहरू संसद मार्चलाई सफल बनाउन दिल्ली आउनेछन्, जतिनै प्रशासनिक बाधा परे पनि हामी लड्न छाड्ने छैनौं। हाम्रो कार्यक्रमलाई लिएर कसैले भ्रमित पार्ने कोशिश गर्न सक्छन्। कोही पनि भ्रमित नबन्नुहोला। आफू पनि आउनुहोला, अरूलाई पनि लिएर आउनुहोला।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन