ममता व्यानर्जीले भनिन्- म न्यायालयको निर्देशलाई पालन गर्नेछु

कोलकाता: पश्चिम बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले सर्वोच्च न्यायालयको आदेशलाई पालन गर्ने भएकी छन्। व्यक्तिगत क्षमतामा उनले याचिका पनि गर्न सक्छन्।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको मोबाइल फोन नम्बरलाई आधार कार्डसित लिङ्क गर्ने विरोधमा दर्ता गरिएको याचिकामाथि सर्वोच्च न्यायालयले ममता सरकारलाई भनेको थियो, ‘ उ संसदबाट पारित गरेको कानुनको विरूद्ध कसरी जानसक्छ? राज्य सरकार कसरी कानुनविरूद्ध जान्छ?’
ममता व्यानर्जीले आफ्नो फोन बन्द गरिदियो भने पनि आफ्नो मोबाइललाई आधार लिङ्क नगर्ने भन्दै खुल्ला चेताउनी दिएकी थिइन्।
उनले  भनेकी थिइन्, ‘म अरू मानिसहरूलाई पनि यस मामिलामा अघि आउन अपील गर्छु। मोबाइल नम्बरलाई लिङ्क गर्ने यो पहल व्यक्तिगत् गोपनियतामाथि आक्रमण गर्नु हो।’
डिपार्टमेन्ट अफ् टेलीकमले 23 मार्चदेखि मोबाइललाई आधार लिङ्क गर्ने आदेश जारी गरेको थियो। तबदेखि नै ममता ब्यानर्जीले यसको विरोध गरिरहेकी छन्।

सोमबार राज्य सचिवालयमा ममताले भनिन्,‘न्यायाधिशहरूले आफ्नो निर्देश दिएका छन्, म त्यसलाई पालना गर्नेछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया