नायिका पुगिन् रेडलाइट एरिया

नयाँ दिल्ली: नवाजुद्दीन सिद्दीकीको फिल्म ‘रमन राघव 2.0’ फेम एक्ट्रेस शोभिता धूलिपाला  मुम्बईको रेड लाइट एरिया कमाठीपुरा पुगिन्।  धूलिपाला आउँदो द्विभाषी फिल्म ‘मूतोन’ को चरित्र तयार गर्न त्यहाँ पुगेकी हुन्। उनको फिल्म 2018 मा रिलिज हुनेछ।

कमाठीपुराको जीवन देखेर उनी छक्क परिन्, फिल्मको चरित्रलाई पुग्नेगरी धेरै कुरा पनि सिकिन्।

“मूतोनमा म कमाठीपुराकी एक महिलाको भूमिकामा छु,’ शोभिताले भनिन्, ‘कमाठीपुरा संसारकै ठूला रेड लाइट एरिया मध्ये एक हो। म उनीहरूको कोठामा पुगेँ। कुराकानी गरें। भारतमा  मानिसको पहिचान उसको जाति वा काम वा रङको आधारमा हुन्छ, तर कमाठीपुरको जिन्दगी खराब छ तर यहाँका मानिसहरू बढो सुन्दर छन्।’

त्यहाँ 20 घन्टा सुट गर्नुपरेको अनि यहाँको अनुभवले जीवनलाई धेरै फरक पारेको शोभिताले सुनाइन्। फिल्ममा अनुराज कश्यपको संवाद छ, निर्देशक छन्, गीतु मोहन दास। सिनेमेट्रोग्राफी चाँही राजिव रायको।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया