नवाजुद्दीन सिद्दीकीले फिर्ता लिए आफ्नो पुस्तक: भावनामा ठेस् पुगेकोमा मागे माफी

नयाँ दिल्लीः नवाजुद्दीन सिद्दीकीले विवादपछि आफ्नो बायोग्राफी ‘एन अर्डिनरी लाइफ’ लाई फिर्ता लिएका छन्। नवाजुद्दीन सिद्दीकीको यो आत्मकथा केही दिनअघि रिलिज भएको थियो। यो पुस्तकको केही अङ्श छापिएपछि यो पुस्तक विवादमा आएको थियो। उक्त अङ्शमा  नवाजुद्दीन सिद्दीकीले आफ्नो प्रेम प्रसङ्गको बारेमा कुरा गरेका थिए।

उनले ‘मिस लवली’ को आफ्नो स्टार निहारिका सिंहसितको प्रेम प्रसङ्गको बारेमा धेरै खुलेर लेखेका थिए जो निहारिका सिंहलाई पचेन।  निहारिकाले नवाजलाई मनगढन्ते कहानी रचेको आरोप लगाइन्।

यति मात्र होइन उनका पूर्व गर्लफ्रेन्ड सुनीता रजवारले पनि किताबमाथि आपत्ति जताएकी थिइन्। उनले फेसबुकमा एउटा लामो पोष्ट नै लेखिन्। यसपछि किताबलाई लिएर विवाद सुरू भएको हो।  किताबलाई लिएर बढ्दो विवादपछि उनले सबैसामु माफी माग्दै किताब फिर्ता लिएका छन्। उनले ट्वीट गर्दै यसको जानकारी दिएका छन्।

नवाजुद्दीन सिद्दीले ट्विट गर्दै लेखेका छन्, ‘म ती सबै मानिसहरूसित माफी माग्छु जसलाई मेरो किताबको कारण भावनामा ठेस् पुगेको छ। किनभने यो संस्मरणलाई लिएर धेरै हङ्गामा भइरहेको छ, यसमा म खेद प्रटक गर्छु अनि यो कारणले गर्दा  मैले आफ्नो किताबलाई फिर्ता लिने निर्णय गरेको छु।’

यो किताब नवाजुद्दीन सिद्दीकीले पत्रकार ऋतुपर्णो च्याटर्जीसित मिलेर लेखेका हुन्। किताबमा नवाजुद्दीन सिद्दीकीको उत्तरप्रदेश को मुजफ्फरनगरको बुढ़ानादेखि मुम्बईमा आफ्नो एक्टिङको भरमा पाएको सफलताको कथा छ। तर प्रेम प्रसङ्गसित जोडिएको च्याप्टर ‘रिलेशनशिप्स’ को कारण नै गर्दा किताब विवादमा आएको हो।

नवाजुद्दीन सिद्दीकी सँदै विवाददेखि टाडा रहनमा विश्वास गर्छन्। यसैले अन्तमा उनले बढ्दो विवादहरू देखेपछि आप्नो किताब नै फिर्ता लिने निर्णय गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन