डेङ्गुले लियो महामहारीको रूपः आज राज्य सचिवालयमा हुँदैछ महत्त्वपूर्ण बैठक

Original Title: Aa_FC3_58a.jpg

कोलकाता: कोलकातासित जोडिएको उत्तर 24 परगना तथा नदिया जिल्लामा डेङ्गु जोडले फैलिरहेको छ। हजारौँ मानिसहरू यो जानलेवा  विरामीको चपेटमा आइरहेका छन्। दैनिक डेङ्गुका नयाँ –नयाँ मामिलाहरू अघि आइरहेको छ। कोलकाता तथा उत्तर 24 परगनामा डेङ्गुको कारण आइतबार राती दुईजनाको मृत्यु भएको खबर आएको थियो। उत्तर 24 परगानामा अहिलेसम्म 2 दर्जनभन्दा धेर मानिसहरूको मृत्यु भइसकेको छ।

डेङ्गुलाई लिएर आज राज्य सचिवालयमा महत्त्वपूर्ण बैठक

राज्यमा डेङ्गु जोडसित फैलिरहेको छ। दैनिक नयाँ नयाँ क्षेत्रहरू यसको चपेटमा आइरहेको छ। हजारौँ मानिसहरू यस जानलेवा विरामीको चपेटमा छन्। तेजीसित बढ्दै गरेको यस जानलेवा विरामीलाई ध्यानमा राख्दै आज राज्य सचिवालयमा नवान्नमा एउटा अहम बैठक बोलाइएको छ।

मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा बैठक हुनेछ जसमा सबै प्रशासनिक अधिकारीहरू उपस्थित रहनेछन्। स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रीसितै वरिष्ट डाक्टर तथा मेडिकल कलेजका प्रमुखहरूलाई पनि बैठकमा बोलाइएको छ। बैठकमा डेङ्गु रोकथामका निम्ति चर्चासितै यसको निम्ति ठोस् कदम उठाइनसक्ने सम्भावना छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया