पोख्रेबुङ चामुङ समष्टीका युवाहरूद्वारा विनयलाई समर्थनः भने-विमल गुरूङका केटाहरू झोलामा जिलेटिन बोकेर आएका थिए

दार्जीलिङ: पोख्रेबुङ चामुङ समष्टीका युवाहरूले विनय तामाङलाई समर्थन गरेका छन्। युवा मोर्चाका महासचिव सचिन गुरूङ अनि उपाध्याक्ष पुकार गहतराजले एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै विनय तामाङलाई समर्थन जनाएका हुन्। विनय तामाङलाई समर्थन जनाउनका पछि उनीहरूले आफूहरू हिंसामा विश्वास नगर्ने भन्दै विमल गुरुङ समुहको कार्यक्रमलाई अगणतान्त्रिक बताएका छन्।

‘हामी विनय तामाङलाई समर्थन गर्छौँ,’-उनीहरूले भने, ‘हामी गणतान्त्रिक आन्दोलनमा विश्वास गर्छौँ, अशान्ति चाहँदैनौँ।’ विमल गरुङले कसरी अगतान्त्रितक आन्दोलन गर्दैछ भन्नेकुराको जवाब उनीहरूसित  यस्तो छ, ‘दीपेन माले, प्रकाश गुरूङको निर्देशमा नै 6 जना युवाहरू हाम्रो समष्टीमा आएका थिए। उनीहरू झोला बोकेर आएका थिए। झोलामा हामीले जिलेटिन देखेका हौँ, उनीहरूसित विष्फोटक पदार्थ थियो भनेर हामीलाई शङ्का छ।’ सचिन गुरूङ अनि पुकार गहतराजले भने  मिरिक, सुकेपोखरी थाना बाहिर पड्किएको बमकाण्डमा पनि त्यही 6 जनाको हात हुनसक्ने बताउँदै ती 6 जना युवाहरू 22 अगस्तका दिन आफूहरूको समष्टिमा आएको गम्भिर आरोप  लगाएका छन्।

गान्धीवादी आन्दलनमा विश्वास गर्ने गरेको अनि कसैको दवावमा नभएर आफूखुशी नै विनय तमाङलाई समर्थन गरेको पनि उनीहरूले बताए। स्मरण गराइन्छ, 5 सितम्बरको दिन वार्ड नम्बर 2 का नगरपार्षद् पुनम विश्वको वरान्डामा फिस्फोटक सामाग्री भेटेको पुलिसको आरोप थियो भने 24 अगस्तको दिन सुखियामा विस्फोट भएको पुलिसको दावी थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया