तनेकमा नाम्थो नाम्थार रिडिङ

 कालेबुङः नाम्थार अर्थात लेप्चाहरूको पौराणिक धर्मग्रन्थ। जसलाई लेप्चाजातिले आफ्नो संस्कृति, सभ्यता र विश्वाससंग जोड़ेर हेर्छ। त्यही पौराणिक पुस्तकको पठन कार्य आज यहाँको सात माइल स्थित तनेकमा सम्पन्न भयो।

सामूहिक रूपमा गरिएको उक्त नाम्थो नाम्थर रिडिङ डे-मा सिक्किम र दार्जीलिङ वरिपरिका लेप्चाहरूको जमघट भएको थियो। नाम्थो नाम्थार-को संरक्षणकै निम्ति इल्टाले ठोस पदक्षेप शुरू गरेको छ। वर्षेनी उक्त किसिमको कार्यक्रम गरेर युवा पीढिलाई आफ्नो लिपीसंग जोड़्ने कार्य गरिरहेको छ।

सोही अन्ततर्गत यसचोटि पनि तीनदिन अघिदेखि यहाँको लेप्चा छात्रावास परिसरमा नाम्थर पठनमाथि प्रशिक्षण दिइरहेको थियो। पपद्मश्री सोनाम छिरिङ लेप्चा, एमएलडीबी सांस्कृतिक विभागका कार्यकारी पीटी सिमिक, ओटी नाम्चोहरूको अगुवाइमा भएको उक्त कार्यशालामा तीनदिन अघिदेखि नाम्थर पढाइन्दैथ्यो।

जहाँ 30 वटा ठोम सेजुमका प्रतिनिधिहरूले भाग लिएका थिए। जस मध्ये 42 विद्यार्थीहरूले आज सामूहिक रूपमा नाम्थर पाठ गरे। लेप्चा नाम्थरलाई सातवटा अलग अलग लयसंग पढ्न सकिन्छ। सो जम्मै आज अलग अलग ढाँचामा प्रस्तुत गरिएको थियो। इण्डिजिनिय लेप्चा ट्राइबल एसोसिएसन अन्तर्गत रहेको रन्यू रोङइत ठोम सेजुमद्वारा आयोजित उक्त कार्यक्रम अवधि मायेलल्याङ लेप्चा डेभलोपमेन्ट बोर्डका एध्यक्ष ल्याङसोङ ताममसाङ, इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनका अध्यक्ष दोर्जी टी लेप्चा, सिक्किम लेप्चा एसोसिएशनका अध्यक्ष एनटी लेप्चा, सिक्किम लेप्चा युथ एसोसिएशनका अध्यक्ष ओङदेन लेप्चा, सिक्किम इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिशऩका सल्लाहकार छिरिङ वाङचुकको विशेष उपस्थिति रहेको थियो।

सो अवधि आफ्नो सम्वोधन राख्दै एमएलडीबी अध्यक्ष ल्याङसोङ तामसाङले नाम्थरको संरक्षणमा युवाहरू अघि आउनु सुखद कुरा रहेको बताए। उनले भने, ‘यो हाम्रो भाषाको गहना हो। यसलाई शिक्षित युवाहरूले बँचाएर लानुपर्छ।’ यता इल्टा अध्यक्ष दोर्जी टी लेप्चाले नामम्थरलाई विश्वाससंगले अध्यययन गर्नुपर्ने कुरामा जोर दिएका थिए। उनी भन्दै थिए, ‘पाँच सय वर्ष अघिदेखि लेप्चाहरू वुद्धिष्ट हुन थाले। दुइ सय वर्षअघिदेखि यता क्रिश्चियन बन्न थाले। त्यो भन्दा अघिको धार्मिक संस्कारलाई हेर्यौ भने हामी नामथारमै पुग्नेछौं। दार्जीलिङ पहाड़का लेप्चाहरूले नामथरकै माध्यमद्वारा आफ्नो संस्कार संस्कृति पूरा गर्ने गरेको कुरामा दुइमत छैन। यसैले यसको संरक्षण हुनुपर्छ।’

उनले जातिलाई राजनीतिदेखि माथि राख्नु पर्ने जनाउँदै व्यक्तिगत रोष र स्वार्थको निम्ति जातिलाई कलङ्कित गर्ने कार्य गर्नु नहुने बताए। अघि भने, ‘मान्छेले राजनैतिक दलको झण्डा हजारचोटि फेर्न सक्छन्। तथापि आफ्नो रगतमा कुदेको जातिको रगत फेर्न सक्दैन। यसैले कुनै गलत कार्य गर्न अघि जातिको भविष्यलाई पहिले सोचेको हुनुपर्छ।’

104 दिने लामो बन्द अवधि सिक्किम लेप्चा एसोसिएशनले पहाड़का लेप्चाहरूको निम्ति खाद्यान्न जोहो गर्नमा धेरै सहयोग गरेको भन्दै उनले सिक्किमका लेप्चाहरूप्रति आभार व्यक्त गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन