नीति आयोगका उपाध्यक्ष र मुख्यमन्त्रीको बैठकः निर्माणाधिन परियोजनाहरूबारे चर्चा

गान्तोकः मुख्यमन्त्री पवन चामलिङलाई नीति आयोग उपाध्यक्ष डा. राजीव कुमारले भेट गरे। नीति आयोगका सलाहकार (एसपी-एनई) जितेन्द्र कुमारले सरकारी आवास मिन्तोगाङमा भेट गरेका हुन्।। बैठकमा एसपीए र पीआइडीडीसीको चलिरहेको कार्यको विभिन्न स्थितिमाथि चर्चा गरियो।

यसैगरी सिच्छेमा निर्माणाधिन सुपरस्पेशियालिटी अस्पताल र राज्यको विभिन्न जिल्लाका ठूला सड़क विस्तारको चलिरहेको कार्यको निम्ति अनुदानबारे चर्चा भएको सूचना तथा जनसम्पर्क विभागले बताएको छ। बैठक सफल रहेको बताइएको छ बने उपाध्यक्ष नीति आयोगले आफ्नो पक्षबाट राज्य सरकारद्वारा राखिएको सबै मागहरूबारे सकरात्मक मन्तव्य दिँदै आफ्नो तर्फबाट सहयोगको प्रतिश्रुति दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया