आकाशवाणी खरसाङका समाचार वाचक आईके सिंहको निधनः कलाकारहरूले गरे शोक प्रकट

खरसाङः आकाशवानी रेडियो खरसाङका चिनिएका समाचारवाचक आईके सिंह अब रहेनन्। वरिष्ठ नाट्यकर्मी,  सिने अभिनेता अनि लामो समयसम्म उनी आकाशवाणी खरसाङका समाचार वाचक थिए। केही वर्षदेखि अस्वस्थ रहेका आईके सिंहको आज बिहान 5 बजी नीज वासस्थान खरसाङको अप्पर सिरूबारीमा 82 वर्षको उमेरमा निधन भयो। उनले आफूपछि पत्नी गङ्गादेवी सिंह, छोरी सष्मा सिंह, छोरा ज्ञानेद्र सिंह, बुहारी अल्का सिंहलाई छोडिगएका छन्। उनको अन्तिम संस्कार अन्तिम संस्कार बिहिबार सम्पन्न हुने भएको छ।

आईके सिंह एकजना नाटककार, अभिनेता, कथाकार, निबन्धकार एवं आकशवानी खरसाङका समाचारवाचकको रूपमा परिचित नाम हुन्। उनले हिन्दीका प्रसिद्ध लेखक स्व.फनिश्वरणनाथ रेणुको पुस्तक महिला आँचलको नेपाली अनुवाद गरेका छन्। उनको त्यही पुस्तकका निम्ति अनुवाद साहित्यमा 2013 मा साहित्य अकादमी पुरस्कार पनि प्राप्त गरिसकेका छन्।

यसका अतिरिक्त त्यो रात फेरि आउँदैन(कथा सङ्ग्रह), रोडा, बालुवा र कोइलाको संगम(कथा सङ्ग्रह), यदि (लुघ उपन्यास), प्रेमरोग (उपन्यास), अनुभूति-अभिव्यक्ति (लेख निबन्ध सङ्ग्र्ह), नाट्य सङ्ग्र आदि प्रकाशित छन्।

आज उनलाई संवेदना प्रकट गर्न खरसाङ नगरपालिकाका उपाध्यक्ष बृगेन गुरुङ, नगरपारषद्हरू आदि पनि घरै पुगेका थिए। आज बिहान उनको निधनपछि धेरै व्यक्तिविशेष, साहित्यकार, सङ्ग-संस्था, जनप्रतिनिधिहरू आदिले संवेदना व्यक्त गरिरहेका छन्।

प्रेम प्रधान (साहित्य अकादमी नेपाली भाषा परामर्ष समितिका सोयजक): आईके सिंहको निधनले मर्माहत् बनेको छु। साहित्य अदादमी नेपाली भाषा परामर्ष समितिका सदस्ययहरूको पक्षमा सिंहको निधनमा गहिरो शोक प्रकट गर्दै आत्माशान्तिको निम्ति ईश्वरसित प्रार्थना गर्दछु। सिंहको निधनले साहित्यको आकाशमा पनि कालो बादल छाएको छ। उनले नेपाली साहित्यप्रति धेरै प्रतिबद्ध भएर योगदान दिएका छन्। उनी कुशल वक्ता र प्रतिभाशी व्यक्तित्व थिए।

असीत राई: नेपाली साहित्यमा आईके सिंहको राम्रो दखल थियो। उनले नाट्य क्षेत्रमा धेरै काम गरेका छन्। उनी नेपाली साहित्यमा अविष्मरीणय पृष्ठ हुन्।

पारषचन्द्र आले (आकाशवागी खरसाङ कार्यक्रम प्रमुख): आईके सिंह सुप्रसिद्ध समाचार वाचक थिए। उनको स्वरमा समाचार सुन्न रुचाउने पाठकहरू धेरै हुन्थे। उनी जतिको प्रभावशाली समाचारवाचक अहिलेसम्म देखेको छुइनँ। ठेस् शब्दहरूक प्रयोग गरी सरल र प्रभावकारी रूपमा अनुवाद गर्नु उनको एउटा प्रमुख विशेषता थियो। 2-3 सालगेकि 23 मई 19935 खरसाङको घुम्तीकमानमा। उनले दिएको योगदान स्मरणीय रहनेछ।

दूर्गा खरेल(सङ्गीतकार/ गायक): उहाँको आत्मा शान्तिको निम्ति प्रार्थना साथै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। उहाँले यस क्षेत्रमा कमाउनु भएका उपलब्धीहरू चिर स्मरणीय रहनेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन