गोजमुमोको पार्टी कार्यालय सील

दार्जील

दार्जीलिङ जिल्ला प्रशासनले आज सिंहमारीमा अवस्थित गोजमुमोको पार्टी कार्यालयको 5 तलामध्ये 4 तला सील गरिदियो अनि यो सरकारी सम्पत्ति हो भन्ने नोटिसनै टाँसिदियो। दार्जीलिङका महकुमा अधिकारी ए. च्याटर्जी, भूमि अनि भूमि सुधार विभागका अधिकारीवर्ग अनि पुलिस बलको व्यापक तैनाथीबीचै गोजमुमोको पार्टी कार्यालयमा ताला लगाइयो।

यसबारे प्रश्‍न गर्दा  यस 5 तले पार्टी कार्यालयको सबैभन्दा मुनि 4 वटा दोकान पनि छन्, यी दोकानहरूको भविष्य के हुन्छ? भन्ने प्रश्‍न गर्दा उनले भने-यी दोकानहरूले सरकारको नियम पालन गर्नुपर्छ। उनको भनाईअनुसार, गोजमुमोको पार्टी कार्यालय बनिएको जमीन अनि सम्पत्ति पश्‍चिम बंगाल सरकारको हो।

यसरीनै यस कार्यालयमा टाँसिएको पोस्टरमा पनि यस्तै लेखिएको छ र यसभित्र पस्न निषेध गरिएको छ। दार्जीलिङकी जिल्लापालद्वारा जारी गरिएको नोटिस टाँसिएपछि गोजमुमोको यो विशाल कार्यालय सरकारी भएको छ। सूत्रले बताएअनुसार, गोजमुमोले यस स्थानमा पार्टी कार्यालय निर्माण गर्नअघि यहाँ भा-तकभर चियाबगानका कोइला, राशिन तथा अन्य सामाग्री संग्रह गरेर राख्ने गोदाम थियो। तर भा-तकभर चियाबगान बन्द भएपछि विमल गुरूङले यहाँ यो भवनको निर्माण गरेका थिए, जसलाई 2007-मा गोजमुमोको गठन भएपछि यसलाई पार्टी कार्यालयको रूप दिइएको थियो।

बताइएअनुसार, ब्रिटिशकालमा यो स्थान शशितारा चिया कम्पनीको अधीनमा थियो, जुन चियाबगानको नाम पछिबाट भा-तकभर भएको थियो। तर यो जमीन खतियान-1-मा परेको कारण यो सरकारी जमीन हो भन्ने जिल्ला प्रशासनको भनाई छ। यसैकारण आज यस भवनलाई सील गरिएको हो। स्मरण गराइन्छ, भा-तकभर वा शशितारा चिया कम्पनीको गोदामबाहेक यस स्थानमा सीबी राईको स्वामित्वमा रहेको धेरै गुरानो एनपी कर्नर नामको रेष्टोरेण्ट पनि थियो। यसैले 2003-मा विमल गुरूङले यहाँ यो भवन निर्माण गर्दा एनपी कर्नरको भागलाई पनि सामेल गरेका थिए। यसपछि यो भवन निर्माण भएपछि एनपी कर्नरलाई निःशुल्क आफ्नो अंश प्रदान गरिएको थियो। यसबाहेक अन्य दोकानहरूले विमल गुरूङलाई भाड़ा बुझाउने गरेका थिए भन्ने दोकानदारहरूबाट जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन