सिक्किमको पञ्चायत चुनाउको प्रचार प्रसार समाप्त आरएन चामलिङलाई जस्तै जितेरै आए पनि स्वतन्त्र उम्मेद्वारलाई पार्टीमा लिइँदैनः चामलिङ

 मङ्गनः सत्तारूढ एसडीएफ पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले सिक्किम पञ्चायत चुनाउको अन्तिम प्रचार प्रसार अभियानको जनसभालाई सम्बोधन गर्दै आज पनि स्वतन्त्र उम्मेद्वारको रूपमा उठेका प्रार्थीहरूलाई जितेरै आएको खण्डमा पनि पार्टीमा नलिइने प्रतिबद्धता दोहोऱ्याए। उत्तर सिक्किमको फुदोङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भोट जितेर पनि यता न उताको भएका राङगांग-याङयाङ समष्टिका विधायक आरएन चामलिङको उदाहरण प्रस्तुत गर्दै मुख्यमन्त्रीले जितेरै आएपनि स्वतन्त्र उम्मेद्वारहरूलाई पार्टीले नलिने कुरा दोहोऱ्रायाएका छन्।

उनले भने, ‘आरएन चामलिङलाई जस्तै जितेरै आए पनि स्वतन्त्र उम्मेद्वारलाई पार्टीमा लिइँदैन।’ मुख्यमन्त्री चामलिङको यस प्रकारको मन्तव्यको विपक्षी दलहरूले चौतर्फी विरोध गर्दै आइरहेका भए पनि उनी आफ्नो अडानलाई सत्य साबित गर्न लागिपरेका छन् भने प्रत्येक चुनावी जनसभामा आफ्नो कुरालाई दोहोऱ्याइ रहेका छऩ्। अर्कोतिर फुदोङसित सम्बन्धित मुद्दा कर्मापा मुद्दाबारे पनि मुख्यमन्त्रीले आफ्नो विचार जनता अघि राखे।

उनले भने, ‘मैले 17 औं ग्याल्वा कार्मापा उगेन ट्रिन्ले दोर्जीको सिक्किम भ्रमणलाई लिएर गत धेरै वर्षदेखि केन्द्र सरकार समक्ष माग राख्दै आएको हुँ। प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको क्रममा पनि कार्मापाको सिक्किम भ्रमणबारे मैले माग दोहोऱ्कोयाएको हुँ।  तर कार्मापाको सिक्किम भ्रमणलाई लिएर भइरहेको ढिल्याँई केन्द्र सरकारबाट भइरहेछ। म सिक्किमका लामा समुदाय र आम नागरिकलाई यस सत्यमाथि विश्वास राखेर धर्म र जातको नाममा झुटो अफवाहमा परेर दीघभ्रमित नबनिदिने आग्रह गर्न चहान्छु।’

दक्षिण,पश्चिम र पूर्व सिक्किममा आगामी पञ्चायत चुनाउ प्रचार पूरा गरेर आज उत्तर सिक्किमको फुदोङमा चुनाउ प्रचारको क्रममा जनतालाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले उक्त वक्तव्य जनता समक्ष राखे। उत्तर सिक्किमको काबी लुङचोक समष्टि अन्तर्गत फुदोङमा भएको चुनावी जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले पार्टीको टिकट नपाएकाहरूले दुखमन नगरिदिने अपील पनि गरेका छन्।

पञ्चायत चुनाउमा आरक्षण सम्बन्धित विषय राज्य चुनाउ आयोगको अधिकार क्षेत्रभित्र पर्ने भएकोले सरकारको सुझाव र सिफारिसको वावजुद आयोगले तय गरेको आरक्षण ढाँचालाई लिएर दुखमन नगरिदिने उनले आमजनतालाई आग्रह गरेका छन्। पञ्चायतमा महिलाहरूले पाएको 50 प्रतिशत आरक्षणमाथि खुशी व्यक्त गर्दै मुख्यमन्त्रीले राज्यका सम्पूर्ण महिलाहरूलाई बधाई दिए।

उनले अब महिलाहरूले पनि निर्वाचित पञ्चायत सदस्यहरूले पनि जिम्मेवारी र प्रभावकारी ढङ्गले जनताको सेवा गर्न सक्छन् भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिएका छन्। सिक्किममा पञ्चायत व्यवस्थालाई सरकारले विकेन्द्रीकृत गरिसकेको जनाउँदै चामलिङले पञ्चायतहरूले अब गाउँ र जनताको विकासको निम्ति ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले यसपालीको पञ्चायत चुनाउमा राज्यका 1036 ग्राम पञ्चायत तथा 111 जिल्ला पञ्चायत पञ्चायत चुनाउका निम्ति 52 प्रतिशत उम्मेद्वार निर्विरोध विजयी बनिसकेको उल्लेख गर्दै रहल 48 प्रतिशत चुनाउमा पनि एसडीएफ पार्टीलाई जिताएर गाउँको विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आग्रह उत्तर जिल्लाका जनतासमक्ष राखे। गत 23 वर्षदेखि एसडीएफको सरकारले गरेको विकास कार्यको समीक्षा र मूल्याङ्कन गर्दै जनताले राखेका मागहरू पञ्चायत चुनाउपछि सम्बोधन गरिने पनि मुख्यमन्त्रीले जनतालाई आश्वसन दिएका छन्।

एसडीएफको आउँदो सरकार जनताको निम्ति एक तल्ले घर निर्माण गर्ने कार्यमा केन्द्रित रहने अनि सिक्किमका सबै समुदायलाई अनुसुचित जनजातिको दर्जा दिलाउनेमा लागिपर्ने पनि मुख्यमन्त्रीले जानकारी गराएका छन्। त्यसरी नै केन्द्र सरकारले अहिलेसम्म ढिलो गरेको लिम्बु-तामाङको सीट आरक्षण अब राज्य विधानसभामा एसडीएफको सरकारले गर्ने पनि उनले अवगत गराएका छन्।

एसडीएफको सरकारले रेभेन्यू अर्डर नम्बर वानको सुरक्षा गर्दै आएको पनि उनले जनतालाई जानकारी गराएका छन्। एसडीएफ सरकारले गत 23 वर्षमा गरेको विकास कार्यले आज सिक्किम विश्व स्तरीय राज्य बनेको तथ्यलाई ध्यानमा राख्दै एसडीएफका उम्मेद्वारहरूलाई आगामी पञ्चायत चुनाउमा जिताउने जनतालाई अपील गरेका छन्। विरोधी दलहरूले जनतालाई दीग्भ्रमित गरिरहेको तर उनीहरूसित जनताको निम्ति कुनै कार्यक्रम नरहेको पनि उनले उल्लेख गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन