भागोपले काशी हिन्दू विश्वविद्यालयमा अन्तरक्रिया गर्ने

  • डुवर्स खबरदाता

भागोप गोर्खाहरूको राष्ट्रिय सङ्कटदेखि लिएर क्षेत्रीय समस्याहरूलाई लिएर काम गर्दैआएको छ। यसै क्रममा विभिन्न कार्यक्रमहरूको तयारीमा लागेका छौं।


भागोपले काशी हिन्दू विश्वविद्यालयमा अन्तरक्रिया गर्ने भएको छ। उक्त अन्तरक्रिया मार्फत् भागोपको राष्ट्रिय स्तरका कार्यक्रमहरूको प्रभाव र साङ्गठनिक स्थितिमा गति मिल्ने विश्वास बताइएको छ। उक्त अन्तरक्रियात्मक कार्यक्रम कहिले आयोजन हुनेछ भन्नेबारेमा भने खुलाइएको छैन।

अर्कोतिर छुट्टैराज्य निर्माणको माग लिएर प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष जम्बो डेलिगेशन जाने कुराप्रति खासै चासो देखाउन छाडेको भारतीय गोर्खा परिसङ्घले केन्द्रसरकारमाथि यसै मागको सन्दर्भमा चाप सृष्टि गर्ने कार्यक्रमहरू अब तय गर्ने भन्न थालेको छ। यस प्रकारको कार्यक्रम सफल बनाउनमा भागोप कतिसम्मन् सक्षम बन्ने हो त्यो भनिहाल्न नसकिए पनि आउँदो केही महिनाभित्रै असम राजधानीमा भारत -नेपाल मैत्री सन्धि १९५० लाईलिएर सङ्गोष्ठी आयोजना गर्ने भएको छ। उक्त सङ्गोष्ठीमा कानुनविद्, संविधानका जानकार र भारत-नेपाल मैत्री सम्बन्धलाई नजिकबाट हेर्नेहरूको उपस्थिति रहने बताइएको छ।

साङ्गठनिक विस्तारसितै राष्ट्रिय स्तरका कार्यक्रमहरूमा जोर दिनथालेको भागोपका राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानले हालै उक्त सङ्गोष्ठी आयोजनबारे पूर्वतयारी भइरहेको जनाएका हुन्। उक्त सङ्गोष्ठीबारे जनाउँदै मोक्तानले भनेका छन्, भागोप गोर्खाहरूको राष्ट्रिय सङ्कटदेखि लिएर क्षेत्रीय समस्याहरूलाई लिएर काम गर्दैआएको छ। यसै क्रममा विभिन्न कार्यक्रमहरूको तयारीमा लागेका छौं।

उनले भागोपले हालैको लखनऊ अधिवेशनपछि साङ्गठनिक विस्तारतर्फ पनि जोर दिनथालेको बताएका छन्। यसै क्रममा यसै महिना भागोपले उत्तर-पूर्वाञ्चलको विशेष अभियान शुरु गर्ने भएको छ। मोक्तानअनुसार भागोपको उक्त अभियान अवधि सभा, सङ्गोष्ठी र शाखा -प्रशाखाका प्रतिनिधि र कार्यकर्ताहरूसित प्रत्यक्ष भेटघाट हुनेछ। उक्त भेटघाट अवधि साङ्गठनिक सुदृढीकरणको लागि सुझाउ सल्लाह आदान-प्रदान गर्नेछ। आगामी १७ मईदेखि उत्तर -पूर्वाञ्चल राज्यहरू मिजोरम, नागाल्याण्ड, मणिपुर, अरुणाचल प्रदेशको लागि भागोप जोन-१ का अध्यक्ष जगन्नाथ कोइराला र सचिव लाक्पा लामा राष्ट्रिय अध्यक्ष मोक्तानका साथमा रहनेछन् । भागोपले आफ्नो नियमित कार्यक्रम अन्तर्गत जोन स्तरीय वलिदान दिवस, भाषा मान्यता दिवसलाई लिएर रजत वर्षको आयोजनको तयारी भइरहेको जनाएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया