टीसी नम्बर भएको ट्याक्सीले एक महिनाभित्रमा नम्बर लगाउनु पर्ने

मिरिकः मिरिक लोकल ट्याक्सी युनियन एसोसिएसन दुई बर्ष अघिदेखि पञ्जीकरणको निम्ति प्रयासरत थियो, जो केही दिन अघिदेखि पुरा भएपछि आज एसोसिएसनको एक महत्वपूर्ण सभा एसोसिएसनका अध्यक्ष सुमन प्रधानको अध्यक्षतामा सम्पन्न भयो।

सभामा विभिन्न बिषयमाथि चर्चा गरियो। विशेष गरी मिरिक कृष्णनगरदेखि बजार जाने क्रममा ट्याक्सीको सही सिस्टम नहुँदा यसलाई सुचारू रूपमा पालैपालो जानुपर्ने साथै टीसी नम्बर भएको ट्याक्सीले एक महिनाभित्रमा नम्बर लगाउनु पर्ने अनि नयाँ ट्याक्सी स्ट्याण्डमा हाल्नको निम्ति एक बर्षमा एउटा मात्र हाल्न पाउँने नियमलाई कार्यान्वयन गराउँने निर्णय गरियो।

सभामा एसोसिएसनका महासचिव राजु तामाङ्ग, कोषाध्यक्ष सोनाम तामाङ्गको पनि उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन