आई के सिंहको अन्तिम यात्रा

खरसाङ,२ नोभेम्बर:

साहित्यकार, नाटककार, समाचार वाचक, अभिनेता, कलाकार आई के सिंहको अन्तिम यात्रा आज बिहिबार तिनको निवास स्थान अप्पर सिरुबारी- खरसाङमा गरियो। आज तिनलाई अन्तिम बिदा दिनलाई  विभिन्न साहित्यिक र नाट्य कर्मीहरु उपस्थित थिए। दिउँसो लगभग १ बजेतिर तिनको पार्थिव शरीरलाई निकालेर अन्तिम यात्राको लागि लगियो।

तिनको अन्तिम संस्कार हिन्दू धर्म विधि अनुसार गरियो। आई के सिंहको अन्तिम संस्कार कार्यमा धेरै एकत्रित भएर श्रद्धाञ्जली चढाए।यसमा फिल्म अनि नाट्य क्षेत्रका कलाकारहरू देवराज शर्मा, मेनुका प्रधान, छिमी ओङ्मु भोटिया, तारा सिन्हा, प्रकाश लामा, विश्वमणि हिङमाङ, पदमप्रसाद शर्मा लगायत साहित्यकारहरू, डा० जस योञ्जन प्यासी, डा० कृष्णराज घतानी, असीत राई, कालुसिंह रणपहेंली,तिलक शर्मा, लक्ष्मण श्रीमल, आकाशवाणी खरसाङका निर्देशक के रबिदास, गोर्खा जनपुस्ताकालयको सभापति रविनकुमार प्रधान लगायत खरसाङ क्षेत्रका साहित्य र नाट्य क्षेत्रको स्रष्टाहरु उपस्थित थिए।

आई के सिंहको अन्त्येष्टि कार्य आगामी १० नोभेम्बरको दिन हुने पारिवारिक सूत्रबाट थाहा लागेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन