स्कूलहरूबाट अर्द्धसैनिक बल हटाउनुपर्छः युमो

दार्जीलिङ, 2 नोभेम्बर।


गोर्खा जनमुक्ति युवा मोर्चाको एक प्रतिनिधि टोलीले आज दार्जीलङकी जिल्लापाललाई एक ज्ञापन दिएर मालिधुराको कञ्चनजंघा पब्लिक स्कूलका साथै पहाड़का स्कूलहरूमा राखिएका अर्द्धसैनिक बल हटाएर विद्यार्थीहरूका लागि पढ्ने माहौल तयार पारिदिने अपील गरेको छ।

युवा मोर्चा अध्यक्ष अमृत योञ्जनको अगुवाईमा गएको प्रतिनिधि टोलीले हाल पहाड़का केही विद्यालयहरूमा केन्द्रिय अर्द्धसैनिक बल राखिएको कारण विद्यार्थीवर्गलाई पढ्नमा असुविधा भइरहेको छ भन्दै विद्यालय परिसरबाट अर्द्धसैनिक बल हटाइदिने माग गरेको छ। यसैको जानकारी गराउँदै युवा मोर्चा प्रवक्ता अरूण छेत्रीले भने-भा-तकभरको मालिधुरास्थित कञ्चनजंघा पब्लिक स्कूल लगायत पहाड़का धेरैवटा स्कूलमा हाल अर्द्धसैनिक बल तैनाथ छ, जसको फलस्वरूप विद्यार्थीहरूलाई पढ्नमा धेरै असुविधा भइरहेको छ। यसबारे जिल्लापालको पक्षबाट सकारात्मक आश्‍वासन पाइएको छ।

स्मरण गराइन्छ, गोजमुमो अध्यक्ष विमल गुरूङको दिशानिर्देशमा निर्माण भएको कञ्चनजंघा पब्लिक स्कूलमा दार्जीलिङसँगै तराई-डुवर्सका लगभग 500 विद्यार्थी अध्ययनरत थिए, तर गोर्खाल्यान्डको आन्दोलनसँगै यस विद्यालयमा पढ्ने विद्यार्थीहरूको भविष्यमा पनि ठूलो संकट आइपरेको छ। स्कूल पूर्णरूपले बन्द छ भने यस स्कूल पनि अवैधरूपले सरकारी जमीनमानै बनाइएको आरोप छ।

जसको कारण यस स्कूलमा पनि जिल्ला प्रशासनले तालाबन्दीनै गरेको छ भने यस स्कूल परिसरमा एसएसबी तैनाथ गरिएको छ। यसैबीच, युवा मोर्चा पुल-बिजनबारी-गोक समष्टिको नयाँ तदर्थ कमिटीको पनि आज गठन गरिएको उनले जानकारी गराए। गोजमुमो संगठन प्रमुख एलएम लामा, कोर कमिटी सदस्य आलोक कान्तमणि थुलुङ, दिनेश गुरूङ, युवा मोर्चा अध्यक्ष अमृत योञ्जन, महासचिव तिलक छेत्री आदिको विशेष उपस्थितिमा आयोजित एक सभाबीचै युवा मोर्चा पुल-बिजनबारी-गोक समष्टिको नयाँ तदर्थ कमिटी गठन गरिएको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन