गैरीबास पुलिस आउटपोष्ट जलाएको आरोपमा बरदान मोक्तान पक्राउ

कालेबुङ:

गौरिवास निवासी गोर्खा जनमुक्ति युवा मोर्चा कार्यकर्ता वरदान मोक्तान(30) लाई पुलिसले पक्राउ गरेको छ। गैरीबास पुलिस आउटपोष्ट जलाएको एवं सरकारी सम्पत्ती नष्ट गरेको आरोपमा जलढका पुलिसले मोक्तानलाई पक्राउ गरेको हो। 105 दिने पहाड बन्दवअवधि गैरीबासमा रहेको सिन्कोना बगानको सरकारी बङ्गलो जलाइयो थियो जुन बङ्गलो पुलिस आउटपोष्टको रूपमा सञ्चालनमा थियो।

बुधबार पक्रा परेका वरदानलाई पुलिसले आज जलढकाबाट कालेबुङ ल्याइएर न्यायालयमा पेश गऱ्यो। वरदानविरूद्ध भारतीय दण्ड संहिताको धारा 448/436/506/34 अन्तर्गत मामिला दर्ता गरिएको छ। कालेबुङ न्यायालयले बरदान मोक्तानलाई न्यायिक हिरासतमा पठाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन