मिरिकमा विनयः भने- विकासको लागि प्लान तयार भइसकेको छ, कानूनी कुरामा हाम्रो हस्तक्षेप हुनेछैन

मिरिकः जीटीए चेयरमेन बिनय तामाङ आज दुई दिवसीय भ्रमणमा मिरिक आएका छन्। उनले आज पत्रकारहरूसित बातचित गर्दै उप्रान्त राजनीति भन्दा बढी बिकासलाई प्राथमिकता दिने बताएका छन्। ‘पहाडमा जीटीए बीएओ गठन भइसकेको छ। हाम्रो निम्ति समय पनि कम्ती र चुनौती पनि उतिकै छ। हामी राजनीति होइन बिकास गर्ने पक्षमा छौँ,’ उनले भने।

उनले मिरिकको सर्वाङ्गीण बिकासको निम्ति नगरपालिका अध्यक्ष एलबी राईले धेरै वटा प्रोजेक्टहरू कोलकातामा बुझाएको अनि जीटीएले पनि मिरिक नपा क्षेत्र बाहिर पनि बिकास गर्ने बताएका छन्।

‘राज्य सरकारसित मिलेर पहाडको विकास गर्नेछौँ।  मुख्यगरी स्वास्थ्य, पर्यटन, पिउने पानी यातायात, शिक्षाको क्षेत्रमा विकास गरिनेछ,’ उनले भने, ‘यसको प्लान समेत तयार पारिएको छ।’

पक्रा परेकालाई जेलमुक्त गरिने

उनले जनआन्दोलनको क्रममा जति पनि पक्राउ परेका छन्, उनीहरूलाई रिहा गर्न सहयोग गरिने बताएका छन्।

‘१४, १५ सेप्टेम्बरको दिन मैले सिलगढी र जलपाइगढी सुधार गृहमा गएर बन्दीहरूसित भेट गरिसकेको छु। सबै नै बन्दीहरू मुक्त हुनेछन्,’ उनले भने। यता हिजो दार्जीलिङमा मोर्चाको पार्टी कार्यालय प्रशासनले सिल गरेको सम्बन्धमा कुनै टिप्पणी गर्न चाहेनन्। उनले भने, ‘यो कानुनी मामिला हो। मेरो आफ्नो कार्यकाल बजारमा छ, त्यसै कार्यालयबाट पार्टीका कार्यक्रम गर्नेछु। राजनीति सबैले गर्न पाउनुपर्छ, तर राजनीतिको नाममा जनतालाई दुःख दिन मिल्दैन। स्वार्थको राजनीति बन्द भएको हुनुपर्छ।’

तामाङले मिरिकमा जिटीएको मिनि सचिवालय चाँडै सञ्चालनमा आउने बताएका छन्। यहाँको रिसेप्सेन सेन्टरको भावनलाई मरम्मती गरि एक जना सचिव राखेर काम सुरु गरिने बताउँदै जनताको सुविधाको लागि सबै कामकुरो मिरिकमा नै हुने अनि मिरिकका नागरिक धाएर लालकोठी आउनु नपर्ने बताए।

जीटीए मेम्बर एवं नपा अध्यक्ष एलबी राईले नै यहाँका जनताको अभाव हेरेर काम गर्ने बताउँदै सबैले उनीसित तालमेल राखेर काम गर्ने सुझाव पनि राखे। उनले यसरी नै खरसाङ र कालेबुङमा यसरी नै मिनि सचिवालय मार्फत कार्य सञ्चालन गरिने बताएका छन्।

नगरपालिका र बजार इलाकामा शौचालयको व्यवस्था ब्याङ्कले गर्ने, ब्याङ्कलाई जिटीएले व्यापार सहयोग गरेको बताउँदै उनले यसको निम्ति व्याङ्कका प्रबन्धकहरूसित बैठक भइसकेको जनाए। जनवरी महिनामा राज्य सरकारले प्लानिङ र फाइनान्स बिभागीयहरू अधिकारीहरू पहाड आउने बताउँदै उनले भने, ‘हामी बिकासको निम्ति प्लानहरू सेटअप गर्नेछौं। सयदिने कार्यहरू यस वर्ष हुन सकेको छैन। चाँडै हुनेछ। जति पनि बिकासका कामहरू हुन्छ सबै गुणात्मक हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन