शौचालयको निम्ति व्याङ्कहरूसित बैठकः जिटीए चलाएर पहाड शान्त राखेरै पनि राज्य सञ्चालन गर्न गोर्खा सक्षम रहेको सन्देश दिनेछौँ- विनय

दार्जीलिङः पहाड शान्ति स्थापना गरेर गोर्खाल्याण्ड राज्य सञ्चालन गर्न गोर्खाहरू सक्षम रहेको सन्देश राज्य अनि केन्द्र सरकारसमक्ष पुऱ्याउन जीटीए प्रतिवद्ध रहेको बोर्ड अफ एडमिनिस्ट्रेटर्सका चेयरम्यान विनय तामाङले बताएका छन्। आज दार्जीलिङ पहाड़को व्यवस्थापन अनि सुन्दरीकरणको विषय लिएर यहाँका निजी व्याङ्कहरूका प्रतिनिधि एवं पुलिस प्रशासनसित उनले अलग- अलग बैठक गरे।

जीटीएको मुख्यालय लालकोठीमा उनले सर्वप्रथम पहाड़का निजी व्याङ्कका प्रतिनिधिहरूसित बैठक गरी कर्पोरेट सोशियल रेस्पोन्सिबिलिटी (सीएसआर) मार्फत् प्रत्येक निजी व्याङ्कहरूले जीटीएक्षेत्रका सार्वजनिक शौचालयहरूको जिम्मेवारी लिएर उक्त शौचालयहरूको मरम्मति अनि व्यवस्थापन गरिदिने अपील गरे।

दार्जीलिङ पहाड़लाई सुन्दर अनि व्यवस्थित बनाउन व्यावसायीक क्षेत्रहरूबाट पनि सामाजिक उत्तरदायित्व लिन आवश्यक रहेको जनाउँदै तामाङले निजी व्याङ्कका प्रतिनिधिहरूलाई सबै सार्वजनिक शौचालयहरू सफा अनि सुन्दर बनाउने जिम्मेवारी लिइदिने अपील गरेका छन्।

यसबाहेक दार्जीलिङ सदर थाना ट्राफिक विभागका डीएसपीसित पनि बैठक गरेर तामाङले
दार्जीलिङ पहाड़को ट्राफिक समस्या समाधान गर्न नयाँ नियम लागु गर्न अनि जीटीएक्षेत्रहरूमा पार्किङको व्यवस्था मिलाउने विषयमा चर्चा- परिचर्चा गरे। आज भएको उक्त बैठक कै फलस्वरूप दार्जीलिङ पहाड़को ट्राफिक व्यवस्थामा सुधार गर्न आगामी दुई साताभित्रमा नै प्रभावशाली नयाँ ट्राफिक नियम लागु हुने आशा गरिएको उनले जनाएका छन्।

‘जीटीएमार्फत पहाड़मा शान्ति अनि गणतन्त्रको स्थापनासितै पहाड़को विकास अनि व्यवस्थापन गर्नको निम्ति हामी प्रतिवद्ध रहेका छौं,’ तामाङले भने,  ‘पहाड़को विकाससितै पहाड़वीसीको विभिन्न समस्याहरूको श्रखङ्लावद्ध ढङ्ग समाधान गर्दै कुशल प्रशासनको सन्देश हामी राज्य अनि केन्द्र सरकारसमक्ष पुराउन प्रतिवद्ध छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन