सिक्किममा दुइस्तरको पञ्चायत चुनाउ 2017ः जम्मा 1,290 उम्मेदवार मैदानमा

 गान्तोकः सिक्किममा जिल्ला र ग्राम गरेर दुई स्तरको पञ्चायत चुनाउ भोली शुक्रबार राज्यभरि सपन्न हुनेछ। चुनाउको निम्ति तैनाथ सबै चुनाउकर्मीहरू आज आ आफ्नो लक्षित मतदान केन्द्रतिर प्रस्थान गरेर सकुशल पुगिसकेका छन्। चुनाउ शान्तिपूर्वक सम्पन्न गर्नको निम्ति राज्यको चारै जिल्लामा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।

चुनाउमा सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीलगायत प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम), भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवारहरू र निर्दलीय उम्मेदवारहरू उत्रिएका छन्। कांग्रेसले पार्टी आधारित चुनाउको विरोध गर्दै पञ्चायत चुनाउ नै वहिष्कार गरेको छ।

भोली राज्यका जनताले उम्मेदवारहरूको भाग्य ईभीएम मशीनमा बन्द गर्नेछन् भने यसको खुलासा 05 नोभेम्बरको दिन मात्र हुनेछ। शुक्रबार सम्पन्न हुन लागिरहेको चुनाउमा विभिन्न राजनीतिक पार्टी र निर्दलीय गरी कूल 1,290 उम्मेदवार मैदानमा छन्। जसमा 228 जिल्ला पञ्चायत र 1,062 ग्राम पञ्चायत उम्मेदवारहरू सामेल छन्। यसरी नै कूल 564 उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। यसमा 27 जिल्ला पञ्चायत र 537 ग्राम पञ्चायत उम्मेदवार सामेल छन्।

निर्वाचित हुने सबै नै एसडीएफ पार्टीका उम्मेदवारहरू हुन्। यो पञ्चायत चुनाउमा एसडीएफ पार्टीका 50 प्रतिशत भन्दा अधिक उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन्। भोली कूल 2,63,085 मतदाताले जिल्ला र ग्राम पञ्चायत वार्डका उम्मेदवारहरूलाई मतदान गर्नेछन्। यसमा पुरूष मतदाताहरूको संख्या 1,35,200 र महिला मतदाताहरूको संख्या 1,27,885 रहेको छ। भोली राज्यको कूल 849 मतदान केन्द्रहरूमा मतदान हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन