सबै अशोभनीय शारीरिक सम्पर्क यौन उत्पीड़न होइनः न्यायालय

नयाँ दिल्ली:  सबै अशोभनीय शारीरिक सम्पर्कलाई यौन उत्पीड़न भन्न नसकिने दिल्ली उच्च न्यायालयले बताएको छ। न्यायालयले भनेको छ, ‘जबसम्म यौन उन्मुख व्यवहारका प्रकृतिको हुँदैन, तबसम्म सबै अशोभनीय शारीरिक सम्पर्कलाई यौन उत्पीड़न भन्न सकिँदैन।’

न्यायमूर्ति विभु बाखरूले भनेका छन्, ‘यद्यपि दुर्घटनावश शारीरिक सम्पर्क  अशोभनीय नै किन नहोस्, त्यो यौन उत्पीड़न हुँदैन।’

न्यायालयले भनेको छ, ‘ शारीरिक सम्पर्क, जसमा कुनै पनि किसिमको यौन प्रकृतिको भावना छैन अनि त्यो गुनासोकर्ताको लिङ्ग हेरेर भन्न सकिँदैन कि उ यौन उत्पीडनको दायरामा आउन्,’  पीठले सीआरआरआईको एक वैज्ञानिकको अपीलमाथि सुनवाई गर्नेक्रममा भनेको छ।

महिलाले वरिष्ठ सहयोगीमाथि यौन उत्पीड़नको आरोप लगाएकी थिइन्। दुवै केन्द्रिय सड़क अनुसन्धान संस्थान (सीआरआरआई) मा काम गर्थे। जो वैज्ञानिक एवं औद्योगिक अनुसंधान परिषद (सीएसआईआर) को हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन