आतङ्कीद्वारा भाजपा नेताको घाँटी रेटेर हत्या

 श्रीनगर, ३ नोभेम्बर


आतङ्कीहरूले बिहीवार दक्षिण कश्मीरमा सत्तारूढ़ भारतीय जनता पार्टी (भाजपा) –को शोपियाँ जिल्ला एकाइका प्रधान गौहर अहमद बटको घाँटी रेटेर बर्बरतापूर्ण ढङ्गमा हत्या गरेका छन्। आतङ्कीहरूले छुरीले गौहरको शरीरमा पनि प्रहार गरेका थिए। उनको शरीरमा चोटको गहिरो निशान पनि छ। यो बर्बरतापूर्ण नीच कार्य गर्ने आतङ्कीलाई खोजीमा सुरक्षा बल खटिएको छ।

यद्यपि यो समाचार लेखुञ्जेलसम्म कुनै आतङ्की संगठनले यो हत्याको जिम्मेवार लिएको छैन। शोपियाँको बोनगाम गाउँमा हिजो प्रायः तीन-चार आतङ्की भाजपा नेता गौहर अमहद बट (३०) -को घर पुगेका थिए। उनीहरूले गौहरको परिजनलाई मार्ने धम्की दिँदै गौहरलाई सँगै जाने आदेश दिएका थिए। आतङ्कीहरूले परिजनलाई गौहरसँग केही केरकार गरी छोड़िदिने बताएका थिए।

यसपछि ती आतङ्कीहरूले गौहरलाई सँगै लिएर गए। यसको आधाघण्टापछि यी भाजपा नेताको शव उनको घरबाट प्रायः दुई किलोमिटर टाढ़ा किलौरा गाउँ नजिक पाइयो। आतङ्कीहरूले छुरीले उनको घाँटी रेट्नका साथै शरीरमा पनि धेरै ठाउँ प्रहार गरेको निशान छ। शोपियाँका एसएसपी एसआऱ दिनकर अबरकरले बताएअनुसार आतङ्कीहरूको बारेमा केही सुइँको पाइएको छ।

यता, बटको हत्यालाई लिएर भाजपा अध्यक्ष अमित शाहले तीखो शब्दमा निन्दा गरेका छन्। उनले यो हत्याबारे ट्वीट गरी आतङ्कीहरूले कश्मीर उपत्यकाका युवाहरूका लागि सुन्दर भविष्य चयन गर्नलाई रोक्न नसक्ने बताएका छन्। शाहले गौहरको मृत्युमा गहिरो शोक प्रकट गर्दै भाजपा शोकित परिवारको पक्षमा रहेका बताएका छन्। अर्कोतिर भाजपाका मीडिया प्रभारी अल्ताफ ठाकुरले संवाद माध्यमसँग बोल्दै सुरक्षाको कमीकै कारण गौहरको हत्या गर्न आतङ्की सफल भएको आशयको मत व्यक्त गरेका छन्।

उनीअनुसार भाजपा नेताहरूमाथि धेरैपटक हत्या भएको छ तर भारतीय नेताहरूको सुरक्षाको कुनै उचित प्रबन्ध गरिएको छैन। “गौहर अहमद बटलाई पहिला पनि आतङ्कीहरूले धम्काएका थिए। यहाँ देशविरुद्ध नारा लगाउनेलाई पुलिसले सुरक्षा दिइरहेको छ, तर देशको हकमा नारा लगाउने स्थानीय भाजपा नेताहरूलाई आतङ्कीहरूले तारो बनाइरहेका छन्।

पुलिसले कुनै सुरक्षा दिन सकेको छैन’’, उनले भने। जम्मू कश्मीरकी मुख्यमन्त्री महबुबा मुफ्ती र उपमुख्यमन्त्री डा. निर्मल सिंहले भाजपा नेता गौहर अहमद बटको बर्बरतापूर्ण हत्याको निन्दा गरेका छन्। उनीहरूद्वयले यो हत्याको तीखो शब्दमा निन्दा गर्दै हत्यामा संलग्न आतङ्कीहरूलाई कदापि नछोड़्ने बताएका छन्।

कश्मीर उपत्यकामा विस्तारै आफ्नो पाइला दह्रिलो बलाउँदै अलगाववादको नाममा राजनीति गर्नेहरूलाई चुनौती दिइरहेको भारतीय जनता पार्टीका लागि यो हत्या एउटा ठूलो क्षति हो। पछिल्लो १८ वर्षमा कश्मीरमा भाजपाका कुनै प्रमुख नेताको हत्या भएको यो दोस्रो घटना हो। यसभन्दा अघि १९९९ सालको चुनाउअवधि अनन्तनाग संसदीय सीटबाट भाजपा प्रत्याशी गुलाम हैदर नुरानी आतङ्कीहरूद्वारा गराइएको बारूदी सुरुङ विस्फोट परी आफ्ना दुई मित्रसहित मारिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन