हतियार देखाएर लुटपाट गरेको आरोपमा दुई पक्राउ, दुई आरोपी फरार

कालेबुङ, 2नोभेम्बर।

राष्ट्रिय राजमार्गमा हतियार देखाएर डकैती गरेको आरोपमा पुलिसले दुई जना युवकहरूलाई पक्राउ गरेको छ।

टिस्टा आउटपोष्टका एसआई शरण सार्कीको अगुवाईमा पक्राउ गरिएका उक्त दुई युवाहरू टिस्टा डीआई फण्ड निवासी दिपेस प्रधान(20) अनि सुसन विश्वकर्मा(23) रहेका छन्। पुलिसले दिएको जानकारी अनुसार गत 1 नोभेम्बरको बिहान टिस्टा ब्रीजमा दिपेस अनि सुसन लगायत अन्य दुईजना मिलेर आवत-जावत गरिरहेका वाहनहरूलाई रोकेर चालकहरूको घिच्रोमा खुकुरी राखेर रूपियाँ-पैसा साथै अन्य सामाग्रीहरू लुटेका थिए।

चालकहरूले यसबारे पुलिसलाई जानकारी दिएपछि तत्कालै एसआई शरण सार्कीको नेतृत्वमा टिस्टा पुलिसले दिपेसलाई पक्राउ गरेको थियो भने उनलाई दिउँसो कालेबुङ न्यायालयमा प्रस्तुत गरिएपछि रिमाण्डमा लिएको थियो। दिपेसको बयानको आधारमा नै पुलिसले आज सुसन विश्वकर्मालाई टिस्टाबाट पक्राउ गरेको छ भने घटनालाई कार्यरूप दिन प्रयोग गरेको खुकुरी अनि केहि रकम पनि पुलिसले उद्वार गरेको छ।

भारतीय दण्ड संहिताको 392 धारा अन्तर्गत ‘हाईवे रोबरी’-मा पक्राउ परेका उक्त आरोपीहरूले उक्त दिन हजारौं रूपियाँ चालक तथा अन्य यात्रीहरूबाट लुटेको पुलिसले बताएको छ। पुलिसले थप जानकारी दिएअनुसार यसअघि पनि दिपेसलाई कतिवटा अपराधिक कार्यमा संलग्न रहेको कारण पुलिसले पक्राउ गरिसकेको थियो भने यसपल्ट भने उनीहरूमाथि ननबेलेबल मुद्दा रहेको छ। सुसनलाई आज कालेबुङ न्यायालयमा प्रस्तुत गरिएपछि पुलिस रिमाण्डमा लिइएको छ भने अन्य दुई आरोपीहरूको खोजी चलिरहेको पुलिसले बताएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन